काठमाण्डौ । यूनिभर्सल पावर कम्पनी लिमिटेडले १० करोड ६४ लाख बढीको खुद नाफा आर्जन गरेको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म आर्जन गरेको यो नाफा अघिल्लो आवको तुलनामा ४२.३६ प्रतिशतले बढी हो ।
अघिल्लो आवको तेस्रो त्रैमाससम्म म्पनीले ७ करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । कम्पनीको विद्युत बिक्री आम्दानी २६ करोड १३ लाख रहेको छ । जुन अघिल्लो आवको तुलनामा २.९५ प्रतिशतले बढी हो ।
कम्पनीको जगेडा कोष तथा सञ्चित नाफा १४ करोड ४६ लाख रुपैयाँबाट बढेर २५ करोड २७ लाख पुगेको छ । कम्पनीको दीर्घकालिन बैंक ऋण १ अर्ब ३९ करोड रहेको छ । यस्तै कम्पनीको कुल चालु सम्पत्ति ३६ करोड ६३ लाख र कुल चालु दायित्व ७ करोड ५० लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ६.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १११.०९ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १७५.६० रुपैयाँ, तरलता अनुपात ४.८८ प्रतिशत र मूल्य आम्दानी अनुपात ४९.२८ गुणा कायम भएको छ ।