काठमाण्डौ । माया खोला हाईड्रोपावर कम्पनी लिमिटेडले एकैपटक ३ आवको साधारण सभा आह्वान गरेको छ । वैशाख ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले कम्पनीको छैठौं, सातौं र आठौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा यही जेठ २३ गते काठमाण्डौको धुम्बाराहीमा रहेको धुम्र बराह भेन्युमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा आव २०७८/७९, २०७९/८० र आव २०८०/८१ को सञ्चालक समितिको तर्फबाट पेश हुने अध्यक्षको प्रतिवेदन पारित गर्ने आव २०७८/७९, २०७९/८० र आव २०८०/०८१ को लेखापरीक्षण प्रतिवेदन सहितको वासलात तथा नाफा नोक्सान हिसाव पारित गर्नुका साथै सञ्चालक समितिले नियुक्त गरेको लेखापरीक्षकको नियुक्ती एवं अनुमोदन गर्ने र आव २०८१/८२ को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै संस्थापक र सर्वसाधारणको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक समितिको निर्वाचन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले जेढ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ जेठ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।