सोमबार, भाद्र २,२०८२ 01:32:43
IME remit
  • सोमबार, भाद्र २,२०८२ 01:32:43
IME remit
Global IME Bank Limited

अनिल अम्बानीको कम्पनीको सेयरमूल्यले १० वर्षमा पहिलोपटक बनायो यस्तो रेकर्ड

Hyundai Nepal
अनिल अम्बानीको कम्पनीको सेयरमूल्यले १० वर्षमा पहिलोपटक बनायो यस्तो रेकर्ड
Shivam Cement

काठमाण्डौ । अनिल अम्बानी समूहको कम्पनी रिलायन्स पावरको सेयर मूल्यमा उछाल आएको छ । कम्पनीको सेयरमूल्य मंगलबार करिब १२ प्रतिशतले बढेको छ । यो वृद्धिसँगै कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७० भारु पार पुगेको छ । १० वर्षभन्दा लामो अवधिमा पहिलो पटक कम्पनीको सेयरमुल्यले यो आँकडा पार गरेको हो ।  

यसअघि नोभेम्बर २०१४ मा कम्पनीको सेयरमूल्यले ७० भारु नाघेको थियो। त्यसपछि अप्रिल २०१९ मा यो एक ‘पेनी स्टक’ बनेको थियो। पछिल्लो समय रिलायन्स पावरले धेरै परियोजना प्राप्त गरेको छ । अदालतको फैसला पनि कम्पनीको पक्षमा आएको छ । कम्पनीमा इक्विटी लगानी पनि भएको छ । कम्पनी मार्च त्रैमासमा पनि नाफामा फर्किएको छ । यी सबै कारणले रिलायन्स पावरको सेयर मूल्य बढेको जनाइएको छ ।  

रिलायन्स पावर लिमिटेडको सेयर एकै पटक ११. ९५ प्रतिशतले बढेर प्रतिकित्ता ७२.२६ भारु पुगेको छ । यो ५२ हप्ताको नयाँ उच्च हो। कम्पनीको बजार पूँजीकरण करिब ३० हजार  करोड भारु रहेको छ । मार्च २०२० मा, सेयरको मूल्य लगभग १.१ रुपैयाँ थियो। त्यसयता कम्पनीको सेयरमूल्य झण्डै ७ हजार प्रतिशतले बढेको छ । सेयर पनि पछिल्लो पाँच वर्षमा २ हजार ७ सय प्रतिशतले बढेको छ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

रिलायन्स पावरको सेयर मे महिनामा ४५.५ प्रतिशतले बढेको छ । पछिल्लो एक सातामा भने करिब २० प्रतिशतले बढेको छ । पछिल्लो एक वर्षमा स्टक १७५ प्रतिशत बढेको छ। गत महिना रिलायन्स पावरको सहायक कम्पनीले एसईसीआईसँग २५ वर्षे विद्युत खरिद सम्झौता गरेको थियो ।  

यो एशियाको सबैभन्दा ठूलो एकल–स्थान सौर्य र ब्याट्री ऊर्जा भण्डारण परियोजना हो। यी असाधारण लाभहरूको साथमा रिलायन्स पावर दलाल स्ट्रीटमा उत्कृष्ट प्रदर्शन गर्ने पावर सेक्टर स्टकहरू मध्ये एक बनेको छ ।  

रिलायन्स पावरले आर्थिक वर्ष २०२४/२५ को चौथो त्रैमासिकमा १२५.६० करोड भारु नाफा कमाएको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ३९७.५६ करोड रुपैयाँ घाटामा थियो । सञ्चालनबाट कम्पनीको राजस्व १ हजार ९७८ करोड भारु थियो। अघिल्लो वर्ष यो १ हजार ९९६.६५ करोड भारु थियो।

अहिले रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ७७.१ मा रहेको बजार विज्ञहरू बताउँछन् । यसले स्टक ओभरबट भएको र घट्न सक्ने देखाउँने विज्ञहरुको ठहर छ। तर, मुभिङ एभरेज कन्भर्जेन्स डिभर्जन्स (एमएसीडी) ५.४ मा छ। यो यसको संकेत र केन्द्र रेखाहरू माथि छ। यसले बुलिश प्रवृत्ति देखाउने विश्लेषकहरुले बताएका छन् ।  

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.