बुधबार, असार १८,२०८२ 07:07:43
  • बुधबार, असार १८,२०८२ 07:07:43
Global IME Bank Limited

आक्रस फुडको कोदो बिस्कुट पहिलो पटक अष्ट्रेलिया निर्यात

Hyundai Nepal
आक्रस फुडको कोदो बिस्कुट पहिलो पटक अष्ट्रेलिया निर्यात
Nabil Bank Limited

काठमाण्डौ । आक्रस फुडले पहिलोपटक कोदोको बिस्कुट अष्ट्रेलिया निर्यात गर्न सफल भएको छ। अष्ट्रेलियाका लागि अधिकृत वितरक हामा ग्लोबल प्रालिबाट अष्ट्रेलियाको प्रत्येक बजार क्षेत्रमा उपलब्ध गराउने उद्देश्यले यो निर्यात सुरु गरिएको हो ।  

अहिले अष्ट्रेलियाका धेरैजसो बजारमा कोदोको बिस्कुट पाइने भएको छ । यसले नेपाली मौलिक अन्न कोदोलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्धन गर्ने दिशामा महत्वपूर्ण कदम चालेको संकेत गरेको कम्पनीले जनाएको छ ।

कोदो, जसलाई अंग्रेजीमा मिलेट भनिन्छ, नेपाली समुदायमा लामो समयदेखि उच्च पोषणयुक्त, परम्परागत र बहुपयोगी अन्नको रुपमा सम्मान गरिँदै आएको छ। अघिल्लो पुस्तामा रोटी र हिँडो बनाउन प्रयोग हुने कोदोलाई आजको पुस्ताको स्वाद र जीवनशैली अनुसार बिस्कुट, कुकीज र पफमा रुपान्तरण गर्दै बजारमा ल्याइएको हो ।

CG Motors
Muktinath Bikas Bank Limited

अष्ट्रेलियामा बसोबास गर्ने बढ्दो नेपाली समुदायलाई आफ्नै देशको स्वादको झल्को दिलाउने उद्देश्यका साथै, स्वस्थ, दिगो र नेपाली संस्कृतिमा आधारित खाद्य विकल्प अष्ट्रेलियाली समुदायलाई चिनाउने लक्ष्यले यो पहिलो पटक निर्यात गरिएको कम्पनीको भनाई छ । स्वास्थ्यप्रति सचेत र प्राकृतिक उत्पादन मन पराउने अष्ट्रेलियाली उपभोक्ताका लागि कोदो उच्च फाइबर र आवश्यक खनिजयुक्त स्वस्थ विकल्प बन्न सक्ने विश्वास कम्पनीले गरेको ।

अष्ट्रेलियामा सकारात्मक प्रतिक्रिया प्राप्त भएपछि, कम्पनीले अब संयुक्त राज्य अमेरिका, बेलायत, जापान र मध्यपूर्व लगायतका अन्य मुलुकहरूमा पनि कोदो उत्पादन निर्यात गर्ने तयारी थालेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.