मंगलवार, पुष १,२०८२ 04:08:42
Bizshala
  • मंगलवार, पुष १,२०८२ 04:08:42
Bizshala
Global IME Bank Limited
Bizshala

सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन

Hyundai Nepal
सिटिजन लाइफद्वारा सम्पत्ति शुद्धीकरणसम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । जेठ ३० गते कम्पनीको प्रधान कार्यलय थापाथलीमा कम्पनीका सञ्चालक समिति, संस्थापक लगानीकर्ता, उच्च व्यवस्थापन समिति सहित कम्पनीमा कार्यरत सम्बन्धित सम्पूर्ण कर्मचारीहरुको उपस्थितिमा सो कार्यक्रम आयोजना गरिएको थियो ।  

यसका साथै काठमाण्डौ उपत्यका बहिरका प्रदेश प्रमुख साथै शाखा प्रबन्धकहरुको अनलाइन मार्फत सहभागितामा सो अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको कम्पनीले जनाएको छ ।

CG Motors
Garima Development Bank
Bizshala

यस कार्यक्रमलाई नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने साथै उप निर्देशक पदम प्रसाद सोडारी ज्यूले प्रस्तुत गरेका थिए। साथै, कार्यक्रमको आयोजना कम्पनीका तर्फबाट कानुन, अनुपालन तथा जोखिम व्यवस्थापन अधिकृत श्री बिदुर बहादुर भुजेलले गरेका थिए । उक्त तालिममा ग्राहकको सम्पत्ति र आयको श्रोतको विवरण राख्ने, ग्राहक पहिचान फारमलाई अद्यावधिक राख्ने, गैर कानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ ? यसका प्रकृयाहरु के के हुन् ? रिपोर्टिङ कसरी गर्ने ? आदि विषयमा विस्तृत जानकारी दिइएको थियो ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

सिटिजन लाइफले नियमित अवधिमा यस कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। साथै काठमाण्डौ उपत्यका बाहिरका स्थानहरुमा अन्य कर्मचारी र अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेल स्व्यमले नै प्रस्तुत गरेका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यान्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्नेमा जोड दिए। साथै कम्पनीले यस प्रकारको कार्यक्रम पुन देशभरी क्रमशः विस्तार गर्ने समेत जनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.