बुधबार, असार १८,२०८२ 05:46:40
  • बुधबार, असार १८,२०८२ 05:46:40
Global IME Bank Limited

इरानले अमेरिकी अड्डामा मिसाइल हानेलगत्तै तेलको मूल्यमा पहिरो, क्षणभरमै ४% ले घट्यो

Hyundai Nepal
इरानले अमेरिकी अड्डामा मिसाइल हानेलगत्तै तेलको मूल्यमा पहिरो, क्षणभरमै ४% ले घट्यो
Nabil Bank Limited

काठमाण्डौ । इरानले अमेरिकी अड्डाहरुमा मिसाइल प्रहार गरेको घटना सार्वजनिक भएलगत्तै विश्वभरका बजारहरुमा उतारचढावपूर्ण अवस्था देखिएको छ । यो क्रममा कच्चा तेलको मूल्यमा पनि पहिरो गएको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

अमेरिकी समय १ः२३ बजेसम्म अमेरिकी कच्चा तेलको मूल्य ४.१ प्रतिशतले घटेर प्रतिब्यारेल ७०.७८ डलरमा झरिसकेको सिएनएनले जनाएको छ । यो आइतबार साँझको ६ प्रतिशतको उछालबाट आएको नाटकीय परिवर्तन हो । आइतबार तेलको मूल्यमा उछालसँगै प्रतिब्यारेल ७८.५० डलर पुगेको थियो । 

सिएनएनका अनुसार तेलको मूल्य अझै घट्नसक्ने सम्भावना देखिन्छ । व्यापारीहरुले इरानसँग अमेरिकी सेनाविरुद्ध प्रतिकार गर्ने क्षमता नरहेको विश्लेषणसहित आफ्नो सम्पत्ति दाउमा लगाइरहेका समेत रिपोर्टमा उल्लेख गरिएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.