बिहीबार, श्रावण ८,२०८२ 10:18:58
  • बिहीबार, श्रावण ८,२०८२ 10:18:58
Global IME Bank Limited

एलन मस्ककोे सिंहासन ढल्नसक्ने, लैरी एलिसनले गर्दैछन् चमात्कार !

Hyundai Nepal
एलन मस्ककोे सिंहासन ढल्नसक्ने, लैरी एलिसनले गर्दैछन् चमात्कार !
Shivam Cement

काठमाण्डौ । विश्वकै सबैभन्दा धनी व्यक्तिका रूपमा चिनिने एलन मस्कको सम्पत्ति घट्दै गएको छ र उनको 'धनीको सिंहासन' संकटमा परेको छ। 

सन् २०२५ मा अहिलेसम्म मस्कको नेटवर्थमा ५९.४ अर्ब डलरको गिरावट आइसकेको छ। तर पनि उनी ३७३ अर्ब डलरसहित अझै पनि पहिलो स्थानमा छन्।

Muktinath Bikas Bank Limited

तर अब यो स्थिति धेरै दिन टिक्न नपाउने संकेत देखिएको छ। यसको प्रमुख कारण बनेका छन्: सफ्टवेयर कम्पनी ओरेकलका संस्थापक लैरी एलिसन। ब्लूमबर्ग बिलिनेयर्स इन्डेक्सअनुसार एलिसनको सम्पत्तिमा मंगलबार मात्रै २८.४ अर्ब डलर (झण्डै २४ खर्ब ५३ अर्ब रुपैयाँ) को भारी वृद्ध‍ि भएको छ। यो वृद्धिपछि अब एलिसनको कुल सम्पत्ति २८९ अर्ब डलर पुगेको छ।

यदि यो गति यथावत् रह्यो भने एलन मस्कलाई पछाडि पार्न एलिसनलाई ३ दिन मात्र लाग्ने अनुमान गरिएको छ।

८४ अर्ब डलरको अन्तर

हाल मस्क र एलिसनबीच नेटवर्थको अन्तर ८४ अर्ब डलरको रहेको छ। तर यो वर्ष एलिसनको सम्पत्तिमा ९६.८ अर्ब डलरको बृद्धि भइसकेको छ। ८० वर्षीय एलिसनसँग ओरेकल कम्पनीमा करिब ४० प्रतिशत हिस्सेदारी छ। उनले ३७ वर्षसम्म ओरेकलको सिइओको जिम्मेवारी सम्हालेपछि सन् २०१४ मा पदबाट राजीनामा दिएका थिए।

एलिसन टेस्लाको बोर्ड सदस्य पनि भइसकेका छन् (डिसेम्बर २०१८ – अगस्ट २०२२)। उनले २०१२ मा अमेरिकी हवाई टापुमा ३०० मिलियन डलर खर्चेर एक आइल्यान्ड किनेक‍ा थिए र सन् २०२० देखि स्थायी रूपमा उतै बसोबास गरिरहेका छन्।

मार्क जुकरबर्ग पछाडि धकेलिँदा जेफ बेजोस अगाडि

धनाढ्यहरूको सूचीमा मंगलबार फेरि उथलपुथल देखिएको छ। फेसबुककी मातृ कम्पनी मेटा प्लेटफर्म्सका सिइओ मार्क जुकरबर्गको सम्पत्तिमा मंगलबार २.७९ अर्ब डलरको गिरावट आयो र उनको नेटवर्थ घटेर २४८ अर्ब डलरमा सीमित भयो। यस कारण उनी चौथो स्थानमा झरेका छन्। उनीभन्दा अगाडि अब २४९ अर्ब डलरसहित जेफ बेजोस पुगेका छन्, जो अमेजनका संस्थापक हुन्।

टप १० धनीहरूको सूची यस्तो छ :

-एलन मस्क – $373 अर्ब

-लैरी एलिसन – $289 अर्ब

-जेफ बेजोस – $249 अर्ब

-मार्क जुकरबर्ग – $248 अर्ब

-स्टीव बालमर – $173 अर्ब

-लैरी पेज – $172 अर्ब

-सर्गेई ब्रिन – $161 अर्ब

-बर्नार्ड अरनोल्ट – $155 अर्ब

-जेनसन हुआङ – $146 अर्ब

-वारेन बफे – $143 अर्ब

Nepal Investment Mega Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.