काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडकोको लिलामीमा राखिएको अवितरित हकप्रद सेयर बाँडफाँड भएको छ । कम्पनीले गत असार २४ गतेदेखि ३२ गतेसम्म लिलामीमार्फत बिक्रीमा राखेको ९३ हजार ६२९ कित्ता सेयर साउन ७ गते बाँडफाँड भएको हो ।
उक्त सेयरको गोप्य शिलकन्दी बोलपत्र साउन ५ गते खोलिएको थियो ।
बाँडफाँडको अन्तिम मूल्य(कटअफ मूल्य) २८३ रुपैयाँ रहेको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ । उक्त अन्तिम मूल्यमा बोलपत्र पेश गर्नेहरुलाई सापेक्षिक भारअनुसार समानुपातिक रुपमा बाँडफाँड गरिएको क्यापिटलले जनाएको छ ।
आवेदकहरुको बाँडफाँडमा नपरेको सेयरबापतको रकम फिर्ता भुक्तानी साउन ९ गतेदेखि हुनेछ ।