काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गुगल र माइक्रोसफ्ट जस्ता अमेरिकाका ठूला टेक कम्पनीहरूलाई भारतीय नागरिकहरुलाई काममा नलगाउन आग्रह गरेका छन् । ट्रम्पले हिजो वाशिंगटन डीसीमा आयोजित एआई शिखर सम्मेलनमा यस्तो बताएका हुन् ।
उनले उक्त अवसरमा अमेरिकाका ठूला टेक कम्पनीहरूले स्वतन्त्रताको फाइदा उठाएको तर कारखाना भने चीनमा स्थापना गर्ने गरेको र भारतबाट मानिसहरू भर्ती गर्ने गरेको बताए । गुगल, माइक्रोसफ्ट जस्ता कम्पनीले अमेरिकी कामदारलाई प्राथमिकता दिनुपर्छ भन्ने आफ्नो चाहना देशको हितमा रहेको उनले बताए । ट्रम्पले प्राविधिक कम्पनीहरूको विश्वव्यापी मानसिकताको आलोचना गर्दै अमेरिकीहरूले पहिले काम पाउनु पर्ने समेत बताए।
ट्रम्पका अनुसार कम्पनीहरूले विदेशमा कारखाना र कर्मचारीहरूमा पैसा लगानी गरेर अमेरिकी प्रतिभाको अधिकार मारिरहेका छन्। ट्रम्को यस्तो अभिव्यक्तिले भारतको आईटी क्षेत्र प्रभावित हुन सक्ने जनाइएको छ। गुगल, माइक्रोसफ्ट र अन्य प्राविधिक कम्पनीहरूमा भारतमा लाखौं कर्मचारीहरू कार्यरत छन्। यी कम्पनीहरूले बेंगलुरु, हैदरावाद र पुणे जस्ता शहरहरूमा ठूला कार्यालयहरू सञ्चालन गरिरहेको छन् ।
यसअघि मे महिनामा ट्रम्पले एप्पललाई भारतमा आईफोन उत्पादन गर्ने धम्की दिएका थिए । ट्रम्पले अमेरिकामा बिक्री हुने आइफोन भारत वा अन्य कुनै देशमा नभई अमेरिकामा मात्रै उत्पादन गर्नुपर्ने बताएका थिए ।