बुधबार, असार १८,२०८२ 07:11:25
  • बुधबार, असार १८,२०८२ 07:11:25
Global IME Bank Limited

इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर

Hyundai Nepal
इन्जिनियरिङ पेशा खतरामा !,बन्यो विश्वको पहिलो एआई सफ्टवेयर इन्जिनियर
Nabil Bank Limited

काठमाण्डौ । कृत्रिम बौद्धिकता(एआई)का कारण लाखौं मानिसहरुले रोजगारी गुमाउने खतराले विश्व श्रम बजार चिन्तित बनिरहेको छ । यस्तोमा चिन्ता थप्ने अर्को खबर बाहिरिएको छ ।  

अमेरिकामा एआई सफ्टवेयर इन्जिनियर तयार भएको छ । अमेरिकाको एआई ल्याब कग्निसनले ‘डेभिन एआई’नामक नयाँ सफट्वेयर इन्जिनियर विकास गरेको हो । कम्पनीले यो विश्वकै पहिलो एआई सफ्टवेयर इन्जिनियर भएको दाबी गरेको छ ।  

डेभिन एआईले इन्जिनियरिङको प्रयोगयात्मक अन्तवार्ता समेत उत्तिण गरेको यसका निर्माताले बताएका छन् । यो सफ्टवेयर इन्जिनियरको अन्तवार्ता एआई क्षेत्रका अग्रेणी कम्पनीहरुले लिएका थिए ।  

यसका साथै यो एआई सफ्टवेयर इन्जिनियरले अमेरिकाको फ्रिल्यान्चिङ प्लेटफर्म,‘अपवर्क’मा पोस्ट भएको वास्तविक काम पुरा गरेको कग्निसनले जनाएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

‘डेभिन एउटा नथाक्ने,समूहमा काम गर्न सक्ने,सिपले भरिपूर्ण र एक्लै पनि काम गर्न सक्ने सफ्टवेयर इन्जिनियर हो । डेभिनसँग काम गरेर इन्जिनियरहरु चाखलाग्दो र गम्भिर समस्यामा केन्द्रित हुन सक्छन् । यसका साथै उनीहरुले महत्वाकांक्षी लक्ष्यहरु राख्न सक्छन् ।’ कम्पनीले डेभिनको आधिकारीक ब्लगमा लेखेको छ ।  

के गर्न सक्छ त डेभिनले ?

डेभिनमा कोडिङ,डिबगीङ,समस्या समाधान, जस्ता सफ्टवेयर विकासका अद्भुत क्षमता रहेको छ । डेभिनले निरन्तर रुपमा सिक्नका लागि मेसिन लर्निङ अल्गोरिदमको प्रयोग गर्ने गर्छ र आफ्नो प्रदर्शनमा सुधार ल्याउनुका साथै नयाँ चुनौतिअनुसार आफुलाई समायोजित गर्न सक्छ ।  

यस्तै डेभिनले हजारौ निर्णयहरु आवश्यक पर्ने इन्जिनियरिङको कठिन कार्यहरु योजना,कार्यान्वयन र पुरा गर्न सक्छ । यस क्रममा डेभनले पुराना कुराबाट सिक्ने र गल्तीहरु सच्चाउन समेत सक्छ ।  

निर्माताहरुले यसलाई प्रयोगकर्तासँग सक्रिय रुपमा अन्र्तक्रिया गर्न सक्ने गरी विकास गरेका छन् । यसले प्रयोगकर्तालाई वास्तविक समयमा प्रगति विवरण दिनुका साथै सुझावहरु समेत ग्रहण गर्न सक्छ । यसका साथै यसले आवश्यक डिजाइन च्वाइसअनुसार प्रयोगकर्तासँगै काम गर्न समेत सक्छ ।  

परीक्षणका क्रममा डेभिनले बिना कसैको सहायता १३.८६ प्रतिशत समस्या आफै समाधान गरेको थियो ।  

यसले कस्ता चुनौति र अवसर निम्त्याउन सक्छ ?

कम्पनीले यसका फाइदा र क्षमताहरुका बारेमा बताएपनि केहि विज्ञहरुले एआई सफ्टवेयर इन्जिनियरले जटिल आवश्यकता वा मावन अन्र्तज्ञान वा रचनात्मकता आवश्यक पर्ने कामका लागि भने संघर्ष गर्न सक्ने बताएका छन् । केहिले डेभिन जस्ता एआई  टुलले रोजगारी गुम्ने खतरा निम्तिएको बताएका छन् भने । अर्काथरीले भने डेभिनले अन्य हजारौं सफ्टवेयर इन्जिनियरहरुसँग मिलेर मानव सहजता र एआईको सहकार्यले नयाँ एभिन्यूलाई जन्म दिने विश्वास लिएका छन् ।  -एजेन्सी

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.