आईतवार, श्रावण २५,२०८२ 12:51:49
  • आईतवार, श्रावण २५,२०८२ 12:51:49
Global IME Bank Limited

साहस उर्जाको नाफा ११४% ले बढ्यो, आम्दानी २.६४ अर्ब

Hyundai Nepal
साहस उर्जाको नाफा ११४% ले बढ्यो, आम्दानी २.६४ अर्ब
Shivam Cement

काठमाण्डौ । साहस उर्जा कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ९० करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ११४.७५ प्रतिशतले बढी हो ।  

अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ४२ करोड ३ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  

कम्पनीको विद्युत बिक्री आम्दानी पनि ८.१९ प्रतिशतले बढेको छ । कम्पनीले विद्युत बिक्रीमार्फत २ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ । यो अवधिमा कम्पनीले ४४ लाख २२ हजार रुपैयाँबराबरको अन्य आम्दानी गरेको छ ।  

Shivam Cement
Muktinath Bikas Bank Limited

कम्पनीको प्रशासनिक खर्च ७ करोड १८ लाख रुपैयाँबाट बढेर ८ करोड ७४ लाख पुगेको छ । यस्तै कम्पनीको वित्त खर्च भने १ अर्ब १६ करोडबाट घटेर ८० करोड ५९ लाख पुगेको छ । कम्पनीले कर्मचारीका लागि बोनस बढाएको छ । अघिल्लो आवमा ८६ लाख ३६ हजार रहेको कर्मचारी बोनस १ करोड ८५ लाख पुगेको छ । कम्पनीको रिजर्भ तथा सञ्चित मुनाफा ३ अर्ब १६ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवमा यस्तो रकम २ अर्ब ५६ करोड थियो ।    

३ अर्ब ७८ करोड रुपैयाँ चुक्तापूँजी भएको कम्पनीको कुल चालु सम्पत्ति ९७ करोड ९९ लाख र कुल चालु दायित्व १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२३.८८ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४६८.७९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १८४ र तरलता अनुपात ०.४२ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.