• सोमबार, श्रावण २६,२०८२ 02:20:44
Global IME Bank Limited

चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र

Hyundai Nepal
चन्द्रागिरी भालेश्वर मन्दिरमा विशेष भक्तिमय उत्सव तथा महाआरती, साँझ ४ बजेपछि केवलकार टिकट रु.४०० मात्र
Shivam Cement

काठमाण्डौ । भोली साउन २६ गते पर्ने अन्तिम सोमबारको पावन अवसरमा चन्द्रागिरी भालेश्वर महादेव मन्दिर परिसरमा विशेष भक्तिमय उत्सव तथा महाआरती कार्यक्रम आयोजना हुन गइरहेको छ। साउन महिनाको पवित्रतासँगै महादेवको महिमा झल्काउने उद्देश्यले चन्द्रागिरी हिल्स लिमिटेडले उक्त भक्तिमय उत्सव तथा महाआरती  आयोजना गर्न लागेको हो।

कार्यक्रम अन्तर्गत पूरै दिन मन्दिर परिसरमा भक्तिमय वातावरणमा विशेष भजन–कीर्तन सञ्चालन हुनेछ। साँझ ६ः३० बजेपछि विशेष महाआरती सम्पन्न हुनेछ, जसमा भक्तजनहरूलाई सहभागी हुन हार्दिक आमन्त्रण गरिएको छ।

Shivam Cement
Muktinath Bikas Bank Limited

चन्द्रागिरी हिल्सले महाआरतीमा सहभागी हुन आउने भक्तजनहरूको सुविधालाई मध्यनजर गर्दै विशेष टिकट अफर सार्वजनिक गरेको छ। सो अवसरमा केबलकार टिकटमा सोमबार दिइने २५ प्रतिशत छुटका साथै साँझ ४ बजेपछि टिकट मात्र रू. ४०० मा उपलब्ध हुनेछ।

यसअघि साउन महिनाका तीनवटै सोमबार चन्द्रागिरी भालेश्वर मन्दिर परिसरमा विशेष कार्यक्रम तथा महाआरती सम्पन्न भइसकेको छ । भक्तजनहरूको उत्साहजनक सहभागिता भएकाले भक्ति तथा श्रद्धा अझै गरिमामय बनाउने उद्देश्यले अन्तिम सोमबारको दिनलाई विशेष भक्तिमय उत्सवका रूपमा मनाउन लागिएको हो।

चन्द्रागिरी हिल्स लिमिटेडले सबै श्रद्धालु भक्तजनहरूलाई समयमै उपस्थित भई दर्शन, भजन र महाआरतीमा सहभागी भई अध्यात्मिक ऊर्जा प्राप्त गर्न हार्दिक आमन्त्रण समेत गरेको छ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.