काठमाण्डौ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले हकप्रद निष्कासन प्रयोजनका लागि बुक क्लोज मिति निर्धारण गरेको छ । बैंकको साउन २८ गते बसेको सञ्चालक समितिको बैठकले बुक क्लोजको मिति तय गरेको हो ।
बैठकले हकप्रद निष्कासन प्रयोजनका लागि भदौ ९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ भदौ ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकले जारी गर्ने हकप्रदका लागि योग्य हुनेछन् ।
बैंकले चुक्तापूँजीको १ः१ अर्थात शतप्रतिशत हकप्रद जारी गर्न नेपाल धितोपत्र बोर्डबाट गत साउन १५ गते अनुमति पाएको थियो । त्यसअघि बैंकको विसं २०७९ असार ८ गते सम्पन्न बैंकको विशेष साधारण सभाले हकप्रद जारी गर्ने प्रस्ताव पारित गरेको थियो ।