Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:31:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल लाइफको नाफा १७% ले बढ्यो, बीमाशुल्क आर्जन ४७.६६ अर्ब

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको नाफा १७% ले बढ्यो, बीमाशुल्क आर्जन ४७.६६ अर्ब
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले ६० करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा १७.३७ प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्ममा कम्पनीले ५१ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि १८.८४ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म कम्पनीले ४७ अर्ब ६६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ४० अर्ब ११ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

Bizshala
New Office
CG Motors

समीक्षा अवधिसम्म कम्पनीले ६८ अर्ब ३० करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी ५९ अर्ब १७ करोड रहेको थियो । कम्पनीको कुल खर्च १५.९९ प्रतिशतले बढेको छ ।  कम्पनीले यो अवधिसम्म ६४ अर्ब २० करोड कुल खर्च गरेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले ५७ अर्ब ३२ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १५.८९ प्रतिशतले बढी हो ।  

कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३२ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब ३२ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

यो अवधिसम्म कम्पनीले ७ लाख ७४ हजार ३५१७ वटा बीमा पोलिसी जारी गरेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) १०।४२ रुपैयाँ रहेको ईपीएस ६.६८रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३६.७५ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७९३ रुपैयाँ र पीई अनुपात ११५.६८ गुणा कायम भएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.