काठमाण्डौ । मातृभूमि लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले ५ करोड ७९ लाख रुपैयाँ खुद घाटा व्यहो्रेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १०७.४३ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्था २ करोड ७९ लाख रुपैयाँ घाटामा थियो ।
यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी भने ५३.७३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले ४० करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । संस्थाको खुद शुल्क तथा कमिशन आम्दानी भने घटेको छ । अघिल्लो आवमा ४ करोड ८५ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी आर्जन गरेको संस्थाले समीक्षा अवधिसम्म ३७ लाख ९७ हजार मात्रै आर्जन गरेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ११ करोड ६लाख रुपैयाँले ऋणात्मक छ । चुक्तापूँजी ६२ करोड ८३ लाख रुपैयाँ रहेको संस्थाको रिटेन्ड अर्निङ ११ करोड ६ लाख रुपैयाँले ऋणात्मक छ । संस्थाको रिजर्भमा ६३ करोड ३२ लाख रुपैयाँ सञ्चित रहेको छ ।
चौथो त्रैमाससम्ममा ४ अर्ब २७ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले १० अर्ब ३२ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ ।
यो अवधिमा संस्थाको खराब कर्जा अनुपात घटेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म ९.८५ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर ८.७६ प्रतिशत पुगेको छ ।
समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) ९.२२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १८३.१६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ९७४.३६ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३०.६८ गुणा र तरलता अनुपात १.५८ प्रतिशत कायम भएको छ ।