काठमाण्डौ । हिम स्टार उर्जा कम्पनीको धितोपत्र रोक्का गरिएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै हिम स्टार उर्जाको धितोपत्र रोक्का गरिएको जनाएको हो ।
कम्पनीले सार्वजनिक निष्कासन गरेको धितोपत्र बाँडफाँड भई लगानीकर्ताको खातामा जम्मा गर्ने क्रममा सेयर रजिष्ट्रारा तथा हस्तान्तरण प्रतिनिधि एनआईसी एशिया क्यापिटलबाट प्राविधिक त्रुटि सच्चाउने समयावधिसम्म कम्पनीको भदौ २ गतेसम्म जम्मा गरिएको सम्पूर्ण धितोपत्र रोक्का राखिएको सिडिएस एण्ड क्लियरिङले जनाएको छ ।
कम्पनीले असार २४ गतेदेखि असार २७ गते सर्वसाधारणलाई ७ लाख ७३ हजार ९ सय ७५ कित्ता सेयर निष्काशन गरेको थियो । उक्त आईपीओ गत असार ३२ गत बाँडफाँड भएको थियो । बाँडफाँडपश्चात उक्त आईपीओ लगानीकर्ताको डिम्याट खातामा समेत आईसकेको छ ।