काठमाण्डौ । स्वस्तिक लघुवित्तको आईपीओमा अन्तिम दिनसम्म १५०.५२ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरि लिमिटेडका अनुसार कम्पनीको आईपीओमा अन्तिम दिनसम्म २५ लाख २८ हजार ५५१ हजार जनाले आवेदन दिएका हुन् ।
लघुवित्तको आइपीओमा २ अर्ब ९३ करोड ८१ लाख ६५ हजार रुपैयाँ बराबरको २ करोड ९३ लाख ८१ हजार ६५० कित्ताका लागि आवेदन परेको हो । जुन यो मागभन्दा १५० गुणा बढी हो ।
मागभन्दा बढी आवेदन परेकाले आइपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । १० कित्ता दरले संस्थाको आइपीओ १९ हजार ५१९ जना आवेदकले मात्रै पाउनेछन् ।
यसर्थमा २५ लाख ९ हजार भन्दा बढीको हात खाली हुनेछ ।