काठमाण्डौ । भेन्चर हायर पर्चेज लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको विशेष प्रस्ताव पारित गर्नेगरी वार्षिक साधारण सभा डाकेको छ । साउन २७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले नवौं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा भदौ २७ गते काठमाण्डौको पानीपोखरीमा रहेको कम्पनीको दर्ता कार्यालयमा दिउँसो ३ बजेदेखि सुरु हुनेछ । सभामा प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) मार्फत सेयर बिक्री गर्ने प्रस्ताव पारित गरिनेछ ।
यस्तै १० प्रतिशत नगद लाभांश वितरण गर्ने, सञ्चालक नियुक्ती गरी सञ्चालक समिति पुनर्गठन गर्ने, पूँजी संरचना परिवर्तन गर्ने र सो बमोजिम प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, सञ्चालक समितिको प्रतिवेदन पारित गर्ने र लेखापरीक्षकको नियुक्ती गर्ने जस्ता प्रस्तावहरु पारित गरिनेछ ।