बुधबार, असार १८,२०८२ 05:02:10
  • बुधबार, असार १८,२०८२ 05:02:10
Global IME Bank Limited

सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न

Hyundai Nepal
सर्वोत्तमको आईपीओमा लगानी गरेकाले दुई कारोबार दिनमै पाए ८६% बढी रिटर्न
Nabil Bank Limited

काठमाण्डौ । दोश्रो बजारमा कारोबार सुरु भएको दोश्रो दिन पनि सर्वोत्तम सिमेन्टको सेयरमा अपर सर्किट लागेको छ ।  

पहिलो दिन झै दोश्रो कारोबार दिन पनि बजार खुलेको केही मिनेटभित्रै यो कम्पनीको सेयरम उच्च खरीदचाप देखिएपछि अपर सर्किट लागेको हो ।  

सेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ६७२.७० रुपैयाँ पुगेको छ । आज मात्रै प्रतिकित्ता ६१.१० रुपैयाँले मूल्य बढेको हो । 

CG Motors
Muktinath Bikas Bank Limited

यो कम्पनीले नेपालमे पहिलो पटक बुक बिल्डिङ विधिबाट आईपीओ निश्कासन गरेको थियो । सर्वसाधारणलाई अंकित मूल्यमा २६०.९० रुपैयाँ प्रिमियम जोडेर प्रतिकित्ता ३६०.९० रुपैयाँमा आईपीओ बिक्री गरिएको थियो ।  

आईपीओमा मागभन्दा निकै धेरै आवेदन परेको थियो । परेका आवेदनहरुमध्येबाट चिठ्ठा विधिबाट लगानीकर्ताले ५० कित्ताको दरले सेयर पाएका थिए ।  

यसरी हेर्दा सर्वोत्तमको आईपीओमा १८ हजार ४५ रुपैयाँ लगानी गर्ने र चिठ्ठाबाट आईपीओ प्राप्त गर्नेले लगानीको केही हप्ताभित्रै ३३ हजार ६३५ रुपैयाँ पुगेको छ । यसरी हेर्दा दुई कारोबार दिनमै आईपीओमा लगानी गर्नेहरुले दोश्रो बजारबाट ८६.३९ प्रतिशतको निकै ठूलो रिटर्न प्राप्त गरेका छन् ।  

यो कम्पनीको सेयरमूल्यमा उच्च खरीद चाप देखिएकाले मूल्य अझै माथि पुग्ने सम्भावना देखिन्छ ।  

यो समाचार तयार पार्दासम्म यो कम्पनीमा १७ लाख ८६ हजार बढी कित्ताको माग भएको देखिन्छ ।

अन्य सिमेन्ट कम्पनीको कस्तो छ अवस्था ?

सर्वोत्तम सिमेन्टको मूल्यमा दैनिक अपर सर्किट लागिरहेको बेला दोश्रो बजारमा सूचीकृत अन्य सिमेन्ट कम्पनीको मूल्यमा भने करेक्सनको ट्रेण्ड देखिएको छ ।  

लगानीकर्ताहरुले नाफा बुकका कारण करेक्सन देखिए पनि सर्वोत्तमको मूल्य बढ्दा बाँकी सिमेन्ट कम्पनीको मूल्य समेत उकालो नै लाग्ने दाबी गरिरहेका छन् ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.