बुधबार, असार १८,२०८२ 11:48:01
  • बुधबार, असार १८,२०८२ 11:48:01
Global IME Bank Limited

२.३३८% लाभांश पारित गर्न मैलुङ खोला जलविद्युतले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

Hyundai Nepal
२.३३८% लाभांश पारित गर्न मैलुङ खोला जलविद्युतले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको दशौं वार्षिक साधारण सभा आगामी चैत २९ गते काठमाण्डौ लैनचौरमा रहेको लैनचौर ब्याङक्वेटमा बिहान ११ बजे आयोजना हुनेछ ।  

उक्त सभामा गत आवका लागि प्रस्तावित २.२२११ प्रतिशत बोनस सेयर र ०.११६९ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल २.३३८ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ । सभामा कम्पनीको हालको जारी तथा चुक्तापूँजी वृद्धि गर्ने र बोनस सेयर वितरणबाट हालको जारी तथा चुक्तापूँजी ३७ करोड ६३ लाख १९ हजार पुर्याउने प्रस्ताव समेत पारित हुनेछ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सभामा गत आवको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरिनुका साथै २०८० असार मसान्तसम्मको सम्पूर्ण वित्तीय विवरणहरु पारित गरिनेछ ।  

यस्तै सभामा चालु आवका लागि लेखापरीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित हुनेछ ।  

वार्षिक साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले आगामी चैत १६ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ चैत १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको लाभांश प्राप्त गर्न र सभामा सहभागी हुन योग्य हुनेछन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.