बुधबार, पुष २,२०८२ 02:52:25
Bizshala
  • बुधबार, पुष २,२०८२ 02:52:25
Bizshala
Global IME Bank Limited
Bizshala

हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको निर्णय: अन्तरिम आदेश जारी नहुने

Hyundai Nepal
हितेन्द्रदेव शाक्यको रिटमा सर्वोच्चको निर्णय: अन्तरिम आदेश जारी नहुने
Shivam Cement

काठमाण्डौ । सर्वोच्च अदालतले हितेन्द्रदेव शाक्यको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशक पदबाट हटाइएको निर्णयविरुद्ध शाक्यले दायर गरेको मुद्दामा न्यायाधीश अब्दुल अजीज मुसलमान र नृपध्वज निरौलाको इजलासले यस्तो फैसला सुनाएको हो।

अदालतको आदेशमा भनिएको छ, “यसअघिका समान प्रकृतिका मुद्दाहरूसँग यो रिटको तथ्य र कानुनी प्रश्न मिल्दोजुल्दो छ। अन्तिम सुनुवाइमा सबै विषय सम्बोधन हुने भएकाले अहिले अन्तरिम आदेश जारी गर्नु आवश्यक छैन।”

CG Motors
Garima Development Bank
Bizshala

मुद्दाको अर्को पेसी मंसिर ९ गते तोकिएको छ। अदालतले दुवै पक्षलाई १५ दिनभित्र लिखित जवाफ पेस गर्न निर्देशन दिएको छ। जवाफ आएपछि प्राथमिकतामा राखेर सुनुवाइ हुने जनाइएको छ।

गत असोज ५ गतेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई प्राधिकरणबाट हटाएर जल तथा ऊर्जा आयोगमा विशेषज्ञ पदमा सरुवा गरेको थियो। सोही दिन मनोज सिलवाललाई प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्त गरिएको थियो।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

शाक्यले आफ्नो सरुवा गैरकानुनी भएको जिकिर गर्दै रिट दायर गरेका थिए। अब सबै सम्बन्धित मुद्दा एकसाथ राखेर अन्तिम निर्णय गरिने भएको छ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.