Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:59:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल लाइफको नाफा करिब ५% ले वृद्धि, ईपीएस ९.५५ रुपैयाँ

Laxmi Sunrise Bank Limited
नेपाल लाइफको नाफा करिब ५% ले वृद्धि, ईपीएस ९.५५ रुपैयाँ
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले २१ करोड ५५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ४.९४ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन १३.१८ प्रतिशतले बढेको छ । कम्पनीले समीक्षा अवधिसम्म १३ अर्ब ३६ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले ११ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

समीक्षा अवधिसम्म कम्पनीले १८ अर्ब ३६ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी १७ अर्ब ९७ करोड रहेको थियो । कम्पनीको खर्च समेत बढेको छ । अघिल्लो आवमा १६ अर्ब ५७ करोड रहेको कम्पनीको कुल खर्च बढेर १७ अर्ब २८ करोड पुगेको छ ।  

Bizshala
New Office
CG Motors

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १५ अर्ब ८१ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा ३.६७ प्रतिशतले बढी हो ।  

कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । कम्पनीले रिटेन्ड अर्निङमा १ अर्ब ३९ करोड रुपैयाँ सञ्चित गरेको छ ।  

यो अवधिसम्म कम्पनीले ९२ हजार ९३ वटा बीमा पोलिसी जारी गरेको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)९.५५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३८.१४ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ९०३.३१ रुपैयाँ र पीई अनुपात ७७.९९ गुणा कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.