आईतवार, चैत्र २२,२०८२ 02:43:47
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 02:43:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

राष्ट्रबैंकले पुनः बोलायो बोर्ड, सीआईबीको धरपकडको विषयमा गम्भीर छलफल हुने

Bizshala
राष्ट्रबैंकले पुनः बोलायो बोर्ड, सीआईबीको धरपकडको विषयमा गम्भीर छलफल हुने
Shivam Cement

काठमाण्डौ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले बैंक तथा वित्तीय संस्थाहरुमा चलाएको अनुसन्धान तथा धरपकडको विषयमा छलफल गर्न नेपाल राष्ट्रबैंकले आज साँझ पुनः सञ्चालक समितिको बैठक बोलाएको छ । 

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आज बिहान समेत मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षालाई फाइनल गर्न बोर्ड बैठक बोलाइएको थियो । बिहान निर्धारित समयभन्दा केही ढिलो गरी बसेको बोर्डले व्यवस्थापनबाट तयार गरिएको मौद्रिक समीक्षा पारित गरेको थियो ।  

'बिहानको बैठक केही ढिलो गरी सुरु भयो । मौद्रिक समीक्षाको विषयमै अजेण्डाहरु केन्द्रीत थिए र सोहीअनुसार छलफल भयो । आज बिहानको बैठकमा प्रभू बैंकका सीईओ, डिसीईओ पक्राउ परेको, राष्टबैंकको अधिकारमाथि हस्तक्षेप गर्दा सिस्टमेटिक रिस्क बढेको लगायतका विषयमा कुनै छलफल भएन । बैंकहरुमा भएको धरपकडको विषयमा कसैले केही पनि कुरा गरेन ।' बैठकमा सहभागी एक सञ्चालकले भने- 'बाँकी विषयमा कुराकानी गर्न भनेर पुनः आज साँझ सञ्चालक समितिको बैठक बोलाइएको छ ।' 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

ती सञ्चालकले राष्ट्रबैंकको उच्च व्यवस्थापनले अनुसन्धान विभाग बाहेकका विभागबाट आएका अजेण्डाहरुमाथि छलफल गर्न भन्दै बैठक बोलाएको बताए । 'आज अफिस आवर पछि पुनः बोर्ड बस्दैछ ।' ती सञ्चालकले भने -'हामी सञ्चालकहरुको तर्फबाट आज साँझको बैठकमा बैंकिङ क्षेत्रमा पछिल्लो समयमा विकसित घटनाक्रमको विषयमा कुरा उठाउनेछौं । सम्भवतः उच्च व्यवस्थापनले पनि यो विषयमा कुरा उठाउला नै ।'  

सीआईबीले हिजो अपरान्ह प्रभू बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायव प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललगायत ३ उच्चपदस्थलाई पक्राउ गरेको थियो । मुख्य कार्यालयबाटै पक्राउ परेका उनीहरुविरुद्ध बैंकिङ कसूरअन्तर्गत अनुसन्धान जारी राखिएको प्रहरीको भनाई छ ।  

यो घटनापछि कतिपयले राष्ट्रबैंकको कमजोर नियमन तथा नेतृत्वको फाइदा प्रहरीले उठाएको र सीआईबीले बैंकिङ क्षेत्रको सम्वेदनशीलता नबुझेको भन्दै आलोचना गरिरहेका छन् । कतिपयले भने राष्ट्रबैंकका जिम्मेवार अधिकारीहरु नै बैंक तथा वित्तीय संस्थाको प्रभावमा पर्दा दोषीहरु उम्किने अवस्था बनेको र यही बेला सीआईबीले अपरेशन चलाएकोमा खुशी व्यक्त गरिरहेका छन् । राष्ट्रबैंकको आज साँझ बस्ने सञ्चालक समितिको बैठकमा यी दुवै एंगलका विश्लेषणमा केन्द्रीत रहेर छलफल गर्ने र पछिल्लो परिस्थितिको विषयमा आफ्नो धारणा बनाउनसक्ने बुझिएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.