Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:31:04
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग

Laxmi Sunrise Bank Limited
नेपाल लाइफद्वारा भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग
Shivam Cement

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल सरकारद्वारा स्थापना गरिएको भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा रु. १ करोड ५० लाखको सहयोग प्रदान गरेको छ । आज मंसिर १५ गते अर्थ मन्त्रालयमा आयोजित एक विशेष समारोहबीच कम्पनिका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघई, संचालक कमलेश कुमार अग्रवाल र कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले संयुक्त रूपमा १ करोड ५० लाख रुपैयाँको चेक अर्थ मन्त्री रामेश्वर प्रसाद खनाललाई हस्तान्तरण गरेका हुन् ।

गत भाद्र २३ र २४ गते भएको जेनजी प्रदर्शन र आन्दोलनको क्रममा देश भरीका सार्वजनिक भौतिक संरचनामा भएको क्षतिको पुर्ननिर्माण, आर्थिक पुनरुत्थान तथा राहत लगायत कार्यको लागि नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भौतिक पूर्वाधार पुर्ननिर्माण कोषमा १ करोड ५० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग रकम उपलब्ध गराएको हो ।

Bizshala
New Office
CG Motors

उक्त हस्तान्तरण समारोह समारोहमा बोल्दै कम्पनीका सञ्चालक समितिका अध्यक्ष गोविन्द लाल संघईले नेपाल लाइफले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए । जेनजीे प्रदर्शन र आन्दोलनको क्रममा सार्वजनिक भौतिक संरचनामा ठूलो क्षति पुगेको र यसको पुननिर्माणमा सहयोग गर्न पाउँदा आफू हर्षित भएको बताए ।

Garima Development Bank
Shivam Cement
Bizshala

आगामी दिनहरूमा पनि यस किसिमको सहयोग प्रदान गर्न कम्पनी तत्पर रहेको प्रतिबद्धता समेत व्यक्त गरे । नेपाल सरकारले आर्थिक सामाजिक भौतिक रूपान्तरणका लागि सञ्चालनमा ल्याउने विभिन्न कार्यक्रमहरुमा सहयोग गर्न कम्पनी तत्पर रहेको र त्यसका निम्ति पहल गर्दिनका निम्ति समेत आग्रह गरे ।

अर्थमन्त्री रामेश्वर प्रसाद खनालले नेपाल लाइफले प्रदान गरेको सहयोगका निम्ति धन्यवाद ज्ञापन गरे । नेपालको पूर्वाधार विकासमा यस किसिमको सहयोग टेवा पु¥याउने र आगामी दिनमा पनि यस प्रकारको सहयोगको अपेक्षा रहेको बताए । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.