काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २१ गते चापागाँउमा रहेको बज्रबाराही पार्टी प्यालेसमा बिहान ८ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
सभामा हकप्रद सेयर निष्कासन गर्ने, अधिकृत र जारी पूँजीसहित कम्पनीको प्रबन्धपब तथा नियमावलीमा संशोधन गर्ने र यसमा नियमनकारी निकायबाट कुनै संशोधन गर्न निर्देशन भएमा सोही बमोजिम गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा गत आवको वार्षिक प्रतिवेदन लगायतका अन्य वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि कम्पनीले आगामी पुस ७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस ६ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै कम्पनीको साधारण सभामा सहभागी हुनका लागि योग्य हुनेछन् ।

