काठमाण्डौ । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले तेस्रो वार्षिक साधारण सभाको मिति तय गरेको छ । मंसिर २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २४ गते क्लब डे नोभोको सभाकक्षमा बिहान ११ बजेदेखि सभा आयोजना गर्ने निर्णय गरेको हो ।
उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आव २०८१/८२ को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८१/८२ सम्मको वासलात र सोही अवधिको नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका संलग्न अनुसूचि उपर छलफल गरी पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
यस्तै सर्वसाधारण समूहबाट प्रतिनिधित्व गर्ने एकजना सञ्चालकको निर्वाचन गर्ने र सञ्चालक समितिका निर्णयहरु अनुमोदन गर्ने प्रस्ताव समेत पारित गरिनेछ ।
साधारण सभा प्रयोजनका लागि पुस ७ गतेदेखि २४ गतेसम्म बुक क्लोज हुनेछ ।

