काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।
बैठकले आर्थिक वर्ष २०८१/८२ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापूँजीको १०.१७८० प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।
प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी साधारण सभाबाट पारित गरेपछि वितरण गरिनेछ ।

