मंगलवार, पुष १,२०८२ 07:09:25
Bizshala
  • मंगलवार, पुष १,२०८२ 07:09:25
Bizshala
Global IME Bank Limited
Bizshala

वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी, बैंक तथा कर्मचारीमाथि आक्रमण नगर्न राष्ट्र बैंकको आग्रह

Hyundai Nepal
वित्तीय प्रणालीमै जोखिम बढ्ने चेतावनी, बैंक तथा कर्मचारीमाथि आक्रमण नगर्न राष्ट्र बैंकको आग्रह
Shivam Cement

काठमाण्डौ । घटना भएको एक सातापछि ज्योति विकास बैंकका कर्मचारीमाथि कर्जा उठाउन जाँदा भएको दुव्र्यवहार र आक्रमणको विषयमा नेपाल राष्ट्र बैंकले मुख खोलेको छ ।  

केन्द्रीय बैंकले एक विज्ञप्ति प्रकाशित गर्दै ज्योति विकास बैंकको नाम नलिई सप्तरी घटना र सोही प्रकृतिका अन्य घटनाहरुलाई समेत एकसाथ सम्बोधन गरेको हो । 

CG Motors
Garima Development Bank
Bizshala

केन्द्रीय बैंकले पछिल्ला दिनहरूमा बैंक तथा वित्तीय संस्था र तिनका कर्मचारीलाई लक्षित गर्दै भएका विभिन्न गैरव्यावसायिक तथा उच्छृङ्खल घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।  

राष्ट्र बैंकले यस्ता गतिविधिले समग्र वित्तीय प्रणालीमै असर पार्ने भन्दै सबै सरोकारवालालाई जिम्मेवार व्यवहार गर्न आग्रह गरेको छ ।

राष्ट्र बैंकका अनुसार नेपाल सरकार, केन्द्रीय बैंक तथा बैंक–वित्तीय संस्थाको संयुक्त प्रयासबाट देशभरका सबै स्थानीय तहमा बैंकिङ पहुँच विस्तार भइसकेको छ । यसले सर्वसाधारणलाई स्थानीयस्तरमै निक्षेप राख्न, कर्जा लिन, विप्रेषण, सामाजिक सुरक्षा भत्ता लगायतका वित्तीय सेवा सहज रूपमा प्राप्त हुने वातावरण बनेको छ ।

IME remit
Laxmi Sunrise Bank Limited
IME remit

बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ र राष्ट्र बैंकका निर्देशनअनुसार कर्जा प्रवाह गर्नु, कर्जासम्बन्धी परियोजनाको अनुगमन गर्नु तथा कर्जा असुलउपर गर्नु बैंकहरूको प्रमुख दायित्व भएको स्पष्ट गरिएको छ । सर्वसाधारणबाट संकलित निक्षेपकै आधारमा कर्जा प्रवाह गरिने भएकाले कर्जा नियमित रूपमा फिर्ता नभएमा निक्षेप फिर्ता गर्न नसक्ने अवस्था आउन सक्ने र यसले तरलतामा गम्भीर असर पर्ने राष्ट्र बैंकले औंल्याएको छ ।

यद्यपि, ऋणी कुनै प्रतिकूल परिस्थितिमा परेमा कर्जा भुक्तानीमा सहजता ल्याउन राष्ट्र बैंकले समय–समयमा कर्जा पुनरसंरचना तथा पुनरतालिकीकरणजस्ता व्यवस्था गर्दै आएको पनि उल्लेख गरिएको छ ।

बैंकिङ कारोबारसम्बन्धी कुनै गुनासो भएमा सम्बन्धित बैंक तथा नेपाल राष्ट्र बैंकमै गुनासो सुनुवाइको व्यवस्था रहेको जनाउँदै ग्राहकले आफूलाई मर्का परेको ठानेमा कानुनी र संस्थागत प्रक्रियामार्फत समाधान खोज्न सकिने राष्ट्र बैंकको भनाइ छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था र तिनमा कार्यरत कर्मचारीविरुद्ध हुने गैरजिम्मेवार, अव्यावसायिक र उच्छृङ्खल गतिविधि नियन्त्रण नभए वित्तीय साधन परिचालनमै अवरोध सिर्जना हुने र सेवाप्रवाह प्रभावित हुने चेतावनी दिएको छ । यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई प्रचलित कानुनअनुसार कडा कारबाही गरिने पनि केन्द्रीय बैंकले स्पष्ट पारेको छ ।

साथै, वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीको मनोबल उच्च राखी निर्भीक रूपमा आफ्नो जिम्मेवारी निर्वाह गर्न राष्ट्र बैंकले सबैलाई सहयोग र सहकार्य गर्न आग्रह गरेको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.