काठमाण्डौ । अमेरिकी डलरको भाउले आजपनि नयाँ रेकर्ड कायम गरेको छ । नेपाली रुपैयाँको तुलनामा डलरको भाउ आजपनि हालसम्मकै उच्च कायम भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी मुद्राको विनिमयदरअनुसार आज एक अमेरिकी डलरको खरिददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ ।
यो दर हालसम्मकै उच्च हो । अघिल्लो दिन एक अमेरिकी डलरको खरिददर १४४.८८ रुपैयाँ र बिक्रीदर १४५.४८ रुपैयाँ कायम थियो ।
यस्तै आज एक यूरोको खरिददर १७०.८६ रुपैयाँ र बिक्रीदर १७१.५६ रुपैयाँ कायम भएको छ । एक पाउण्ड स्टर्लिङको खरिददर १९५.०२ रुपैयाँ र बिक्रीदर १९५.८३ रुपैयाँ निर्धारण भएको छ ।
यसैगरी, एक अष्ट्रेलियन डलरको खरिददर ९६.४४ रुपैयाँ र बिक्रीदर ९६.८४ रुपैयाँ रहेको छ ।
१० जापानी येनको खरिददर ९.३८ रुपैयाँ र बिक्रीदर ९.४२ रुपैयाँ,एक युएई डिरामको खरिददर ३९.५८ रुपैयाँ र बिक्रीदर ३९.७४ रुपैयाँ, एक चिनियाँ युआनको खरिददर २०.६४ रुपैयाँ र बिक्रीदर २०.७२ रुपैयाँ ,एक मलेसियन रिंगेटको खरिददर ३५.५८ रुपैयाँ र बिक्रीदर ३५.७२ रुपैयाँ, एक कतारी रियालको खरिददर ३९.७७ रुपैयाँ र बिक्रीदर ३९.९३ रुपैयाँ, १०० कोरियन वनको खरिददर ९.८५ रुपैयाँ र बिक्रीदर ९.९० रुपैयाँ र एक कुवेती डिनारको खरिददर ४७४.०५ रुपैयाँ र बिक्रीदर ४७६.०१ रुपैयाँ कायम भएको छ ।

