Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:16:08
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि

Laxmi Sunrise Bank Limited
कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले वृद्धि
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोपनाल्ड ट्रम्पले भेनेजुएलाका प्रतिबन्धित ट्याङ्करको आवातजावतमाथि प्रतिबन्ध लगाएसँगै विश्वबजारमा कच्चा तेलको मूल्य २ प्रतिशत भन्दा बढीले बढेको छ । आजको कारोबारमा डब्लुटीआई क्रुड र ब्रेन्ट क्रुड दुवैको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ ।

यो समाचार तयार पार्दासम्म डब्लुटीआई क्रुडको मूल्य २.२३ प्रतिशत अर्थात १.२३ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ५६.६० डलरमा कारोबार भईरहेको छ ।

Bizshala
New Office
CG Motors

यस्तै ब्रेन्ट क्रुडको मूल्य पनि २.१० प्रतिशत अर्थात १.२४ डलरले बढ्दै प्रतिब्यारेल ६०.१६ डलरमा कारोबार भईरहेको छ ।

अघिल्लो सेसनमा भने कच्चा तेलको मूल्य पाँच वर्षकै न्यून स्तरमा पुगेको थियो । युक्रेन र रुसबीच युद्ध अन्त्यका लागि शान्ति सम्झौता निष्कर्ष नजिक पुगेसँगै मस्कोमाथिको प्रतिबन्ध हट्ने अनुमानका साथ कच्चा तेलको मूल्य घटेको थियो ।

तर बुधबार सामाजिक सञ्जालमा एउटा पोस्टमा ट्रम्पले भेनेजुएलालाई आतंकवाद, लागूपदार्थको तस्करी र मानव बेचबिखनमा संलग्न भएको आरोप लगाउदै भेनेजुएला प्रवेश गर्ने र छोड्ने सबै स्वीकृत तेल ट्याङ्करहरूमाथि पूर्ण नाकाबन्दीको आदेश दिएका थिए । जसपश्चात कच्चा तेलको मूल्य बढ्न पुगेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.