कच्चा तेलको मूल्यमा भारी वृद्धि, प्रतिब्यारेल कति पुग्यो ?
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएको छ । अमेरिकाले इरानमाथि थप सैन्य कारवाही गरेसँगै अन्तर्राष्ट्रिय तेल बजारमा फेरि दबाब देखिएको हो।आज कच्चा तेलको मूल्य ३ प्रतिशत बढीले वृद्धि भएको छ । आज डब्लुटीआई क्रुडको मूल्य ३.४४ प्रतिशत अर्थात ३.०५ डलरले वृद्धि भएको छ । यससँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ९१.७३ डलर कायम भएको छ ।

