काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीहरुलाई लाभांश नदिने निर्णय गरेको छ । पुस ६ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई लाभांश प्रदान नगर्ने निर्णय गरेको हो ।
बैठकले आव २०८१/८२ का लागि कुनैपनि लाभांश नदिने र सोही बमोजिम वासलात,नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

