काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडको २७ औं साधारण सभा आगामी पुस ३० गते काठमाण्डौको नक्सालमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा बिहान १० बजेदेखि सुरु हुनेछ ।
संस्थाको सञ्चालक समितिको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले साधारण सभा आह्वान गरेको हो । सभामा सञ्चालक समितिद्वारा प्रस्तावित ५ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश(कर समेत)गरी कुल १२ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।
यस्तै सभामा आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरि पारित गर्ने, आव २०८१/८२ को लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तिय विवरणहरु उपर छलफल गरि पारित गर्ने र आव २०८२/८३ को लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्तावहरु पारित गरिनेछ ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनका लागि संस्थाले पुस १७ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ पुस १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम हुने सेयरधनीहरु मात्रै सभामा सहभागी हुन र लाभांश पाउनका लागि योग्य हुनेछन् ।

