आईतवार, चैत्र २२,२०८२ 08:26:14
Bizshala
  • आईतवार, चैत्र २२,२०८२ 08:26:14
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

सामान्य अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘दीर्घकालिन लगानीकर्ताको प्रवेश हुँदैछ’

Bizshala
सामान्य अंकले बढ्यो सेयरबजार, जानकार भन्छन्, ‘दीर्घकालिन लगानीकर्ताको प्रवेश हुँदैछ’
Shivam Cement

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ४६५.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब ९२ करोड बढीको कारोबार भएको थियो ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयर लगानीकर्ताहरुमा विस्तारै कन्फिडेन्ट आउन थालेको छ । केही दिनयता बजारमा भोल्युम पनि बढेको छ भनेपछि इन्भेष्टरहरु बजारमा प्रवेश गरेको बुझ्न सकिन्छ । यसअघि बजारमा ट्रेडरहरु मात्रै हाबी थिए । ४÷५ रुपैयाँको नाफा बुक गरेर सेयर बिक्री गर्ने प्रवृत्तिले बजारमा स्थायीत्व थिएन ।’

उनले थपे, ‘अब दीर्घकालिन तथा मध्यकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको बजारमा प्रवेश भएको छ । नीतिगत कारणले अहिले लगानीकर्तामा मनोबल बढेको देखिन्छ । बैंकहरुमा तरलता पर्याप्त र ब्याजदर पनि घट्दो रुपमा रहेकाले बजारमा अझै ठूलो रकम भित्रिन सक्ने देखिन्छ । साथै आउँदै गरेको चुनावपछि बन्ने सरकार दिगो बन्ने आम लगानीकर्ताहरुमा विश्वास छ । प्राय दलहरुले आफ्ना घोषणापत्रमा पूँजीबजारलाई समेत प्राथमिकतामा राखेका कारण लगानीकर्ताहरु उत्साहित छन्, यसकारण सेयरबजार विस्तारै दिगो हुँदै जान्छ भन्ने विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५१ प्रतिशत, होटल १.२६, हाईड्रो ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, लघुवित्त ०.३६, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.३६ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.१५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३१ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले घट्यो ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

धेरै कारोबार गर्ने कम्पनीहरु

आज आँखुखोला जलविद्युतको सर्वाधिक सेयर कारोबार भयो । आज यो कम्पनीको ४० करोड ८२ लाख बढीको सेयर कारोबार भयो ।

यस्तै, मन्जुश्री फाइनान्सको ३५ करोड ९४ लाख, एसवाई प्यानल नेपालको ३२ करोड ९५ लाख र बन्दिपुर केवलकारको २८ करोड २७ लाख बढीको सेयर कारोबार भयो ।  

धरै कमाउने र गुमाउने कम्पनीहरु

आज नेप्सेमा कारोबार भएका ५ वटा कम्पनीको सेयरमूल्यमा अपर सर्किट लाग्यो। आज एसवाई प्यानल, श्रीनगर एग्रीटेक, त्रिशुली जलविद्युत, कर्पोरेट डेभलपमेन्ट बैंक र एक्सेल डेभलपमेन्ट बैंकको सेयरमूल्यमा अपर सर्किट लाग्यो । यसैगरी, रावाँ इनर्जीको सेयरमूल्य ९ प्रतिशत, झापा इनर्जीको ८.४७ र बन्दिपुर केवलकारको सेयरमूल्य ८.२९ प्रतिशतले बढ्यो ।

कालिका पावरको सेयरमूल्य सर्वाधिक अर्थात ६.२५ प्रतिशतले घट्यो। यस्तै फर्स्ट माईक्रोफाइनान्सको २.२६ र मैलुङ खोला जलविद्युतको सेयरमूल्य २.२६ प्रतिशतले घट्यो । 

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.