Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 07:01:06
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सिटिजन लाइफको ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, १००% लक्ष्य पूरा गर्ने ४८ शाखा व्यवस्थापक सम्मानित

Laxmi Sunrise Bank Limited
सिटिजन लाइफको ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, १००% लक्ष्य पूरा गर्ने ४८ शाखा व्यवस्थापक सम्मानित
Shivam Cement

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ उत्साहजनक र उपलब्धिमूलक रूपमा सम्पन्न भएको छ । माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।

कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए । कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल गरियो ।

Bizshala
New Office
CG Motors

सम्मेलनको मुख्य आकर्षणको रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले कम्पनीका शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

साथै, कार्यक्रममा कम्पनीका सेवाहरुलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल भएको थियो । प्रक्रियालाई छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखा स्तरबीच समन्वयात्मक छलफल गरिएको थियो ।

कम्पनीले आगामी दिनमा पनि नवीनतम डिजिटल सेवाहरु विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

11 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.