Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 04:28:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

एप्पलले ल्याउँदैछ यी ३ नयाँ एआई ग्याजेट्स, कस्ता छन् विशेषता ?

Laxmi Sunrise Bank Limited
एप्पलले ल्याउँदैछ यी ३ नयाँ एआई ग्याजेट्स, कस्ता छन् विशेषता ?
Shivam Cement

काठमाण्डौ ।  एप्पलले कृत्रिम बुद्धिमत्ता (एआई)को तीव्र गतिमा विकास गरिरहेको सन्दर्भमा आफ्नो उपस्थिति अझ सुदृढ बनाउन तीन नयाँ (एआई)सञ्चालित वेयरेबल उपकरण सार्वजनिक गर्ने तयारी गरिरहेको छ। ब्लूमबर्गको रिपोर्टअनुसार, कम्पनीले एडभान्स्ड सिरी प्रणालीमार्फत सञ्चालित हुने नयाँ पुस्ताका उपकरणहरू विकास गरिरहेको छ। यस उन्नत सिरीमा गूगलको जेमिनी तथा ओपन एआईको च्याट जीपीटी जस्तै एडभान्स्ड एआई आधारित भ्वाइस सहायक क्षमताहरू समावेश हुन सक्ने जनाइएको छ।

क्यामेरासहितको एआई पेन्डेन्ट

रिपोर्टका अनुसार एप्पलले घाँटीमा हारझैँ लगाउन सकिने क्यामेरा-सहितको स्मार्ट पेन्डेन्ट विकास गरिरहेको छ। यस उपकरणले प्रयोगकर्ताको वरिपरिको दृश्य कैद गर्न सक्ने क्षमता राख्नेछ।

-मोबाइल फोन निकाल्नु नपरी तस्वीर खिच्न सकिने सुविधा

-भ्वाइस कमाण्डमार्फत सञ्चालन हुने सम्भावना

-एआईको सहायताले वास्तविक समयमै दृश्य विश्लेषण र बुझाइ

हालसम्म यस उपकरणको विस्तृत विशेषता तथा सार्वजनिक मितिसम्बन्धी आधिकारिक जानकारी उपलब्ध छैन।

Bizshala
New Office
CG Motors

स्मार्ट एआई चस्मा

एप्पलका स्मार्ट चस्मा यस परियोजनाका सबैभन्दा रोचक उत्पादनमध्ये एक मानिएका छन्। यी चस्मा कम्पनीको उच्चस्तरीय हेडसेट एप्पल भिजन प्रो भन्दा हल्का र दैनिक प्रयोगका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ।

-हल्का र सहज डिजाइन

-क्यामेरा र एआईको संयोजन

-प्रयोगकर्ताले देखिरहेको वस्तु वा परिवेशलाई बुझेर सम्बन्धित जानकारी प्रदान गर्ने क्षमता

यी चस्माले एआर र एआई अनुभवलाई अझ व्यावहारिक र सहज बनाउने लक्ष्य राख्न सक्ने अनुमान गरिएको छ।

Garima Development Bank
Shivam Cement
Bizshala

क्यामेरा सहितका एअरपड्स

एप्पलले क्यामेरा जडान गरिएका नयाँ एअरपड्स विकास गर्ने योजना पनि अघि बढाएको छ।

-क्यामेरा अनिवार्य रूपमा फोटो खिच्नका लागि नभई परिवेश बुझ्न प्रयोग हुन सक्छ

-एआई मार्फत वरिपरिको वातावरणको विश्लेषणमा सहयोग

-अझ एड्भान्स्ड स्पेसियल अवेयरनेस तथा स्मार्ट अन्तरक्रियाको सम्भावना

यी उत्पादनहरूको सार्वजनिक मिति वा औपचारिक पुष्टि हालसम्म कम्पनीले गरेको छैन। तथापि, निकट भविष्यमा यी उपकरणहरूबारे थप जानकारी सार्वजनिक हुने अपेक्षा गरिएको छ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

8 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.