शनिबार, जेष्ठ १६,२०८३ 01:42:37
Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:42:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

कुवेतमा ईरानी ड्रोन हमलाः पेट्रोलियम कम्पनीमा आगो, भयो ठूलो क्षति

Laxmi Sunrise Bank Limited
कुवेतमा ईरानी ड्रोन हमलाः पेट्रोलियम कम्पनीमा आगो, भयो ठूलो क्षति
Shivam Cement

काठमाण्डौ । कुवेत सरकारले राष्ट्रिय उर्जा क्षेत्रलाई लक्षित गर्दै भएको ड्रोन हमलामा राज्यको पेट्रोलियम निकाय कुवेत पेट्रोलियम कर्पोरेशन(केपीसी)का केही ठाँउहरूमा आगो लागेको र गम्भीर सामग्री क्षति भएको जनाएको छ। तथापि, यस घटनामा कुनै मानिस घाइते नभएको जानकारी दिइएको छ।

सरकारी वक्तव्यका अनुसार, आगो नियन्त्रणमा लिन राहत र दमकल टोलीहरू सक्रिय रूपमा लागि परेका छन्। आगो फैलिन नदिन प्रयास भइरहेको छ, तर यसले केपीसीको केही परिचालन एकाइहरूमा ठूलो नोक्सान पुर्‍याएको छ।

Bizshala
New Office
CG Motors

यो हमला अन्तर्राष्ट्रिय तनावको बीचमा आएको हो, जसले मध्यपूर्वको उर्जा संरचना र सुरक्षा परिस्थितिमा थप अस्थिरता थपेको छ। यस्तै प्रकारका ड्रोन आक्रमणहरू खाडी क्षेत्रका अन्य भागहरू जस्तै बहिन लगायतका देशहरूमा पनि भईसकेका छन्।

कुवेतको शुयाइक तेल क्षेत्र कम्प्लेक्स, जहाँ तेल मन्त्रालय र केपीसीको मुख्य कार्यालय राखिएको छ, त्यँहा पनि आगो लागेको र दमकलले नियन्त्रणमा राखिरहेको अवस्था भएको छ। अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरूले यसलाई ईरानी ड्रोनद्वारा गरिएको हमला भएको पुष्टि गरेका छन्।

Garima Development Bank
Shivam Cement
Bizshala

अमेरिका र इजरायलसँग जारी तनाव र युद्धका गतिविधिहरूका कारण ईरानले आफ्नो प्रतिक्रिया स्वरूप खाडीका उर्जा तथा पूर्वाधार लक्ष्यहरूलाई ड्रोन र मिसाइलमार्फत् निशाना बनाएको विश्लेषकहरूले बताएका छन्।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.