मंगलवार, चैत्र २४,२०८२ 05:52:15
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 05:52:15
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नयाँ वर्षमा हायर ब्राण्डको अफरः फ्री गिफ्टदेखि बम्पर उपहार

Bizshala
नयाँ वर्षमा हायर ब्राण्डको अफरः फ्री गिफ्टदेखि बम्पर उपहार
Shivam Cement

काठमाण्डौ । नयाँ वर्षको अवसर पारेर हायरले आफ्ना फ्रिज, वासिङमेसिन, टीभी लगाएतका विभिन्न घरायसी उपकरणको खरिदमा आकर्षक अफर सार्वजनिक गरेको छ । यस अफरअन्तर्गत ग्राहकहरूले विभिन्न उत्पादन खरिद गर्दा फ्री गिफ्ट, क्यासब्याकका साथै बम्पर उपहार जित्ने मौका पाउनेछन् ।  

कम्पनीका अनुसार, रेफ्रिजेरेटर (फ्रिज) अन्तर्गत सिङ्गल डोर किन्दा माहाराजा ड्राइ आइरन, डबल डोर फ्रिज किन्दा महाराजा स्टिम आइरन र साइड वाइ साइड फ्रिजको खरिदमा हायर बाण्डकै ५० लिटरको फ्रिज उपहार स्वरुप उपलब्ध हुनेछ । त्यस्तै, वासिङ मेसिन खरिद गर्ने ग्राहकका लागि पनि विशेष उपहारको व्यवस्था गरिएको छ । सेमि–अटो वा टप लोड वासिङ मेसिन किन्दा महाराजा ड्राइ आइरन उपलब्ध हुनेछ भने फ्रन्ट लोड वासिङ मेसिन खरिद गर्दा माहाराजाको ५०० वाटको मिक्सर ग्रान्डर– नोभेलो उपहार स्वरुप प्राप्त हुनेछ ।

यसका साथै एयर कन्डिसनर (एसी) खरिद गर्दा ग्राहकले तीन हजार मूल्य बराबरको निशूल्क जडान सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ । साथै चेस्ट फ्रिजर र भीसी कुलर खरिद गर्ने ग्राहकले तोकिएको मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक पाउनेछन् । त्यस्तै, माइक्रोवेभ ओभन र एलइडी टीभी खरिद गर्दा तोकिएको बजार मूल्यमा २० प्रतिशतसम्म क्यासब्याक उपलब्ध हुनेछ।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

हायरले नयाँ वर्षको अफरलाई अझ रोचक बनाउन ‘बम्पर अफर’ पनि ल्याएको समावेश गरेको छ । यसअन्तर्गत साप्ताहिक ‘लक्की ड्र’ मार्फत विजेतालाई महाराजा मिक्स्चर ग्राइन्डर उपहार प्रदान गरिनेछ । त्यस्तै, ‘ग्राण्ड प्राइज’ अन्तर्गत भाग्यशाली विजेताले हायरको ६५ इन्चको एलइडी टीभी प्राप्त गर्ने कम्पनीले जनाएको छ ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

यसबाहेक ‘‘शेरय एण्ड विन’’ अफरअन्तर्गत ग्राहकहरूले हायर सिंगल डोर फ्रिज जित्न सक्नेछन् । यसका लागि भने तपाईंले हायरको पोस्ट आफ्नो फेसबुक तथा इन्स्टाग्राममा शेयर गर्नुपर्नेहुन्छ । यो अफर चैत्र २३ गते अर्थात सोमबारबाट सुरु भएर सिमित अवधिका लागिमात्रै कायम हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार, यो अफरले नयाँ वर्षमा ग्राहकलाई गुणस्तरीय उत्पादनसँगै थप लाभ प्रदान गर्नेछ । साथै यसले ग्राहकसँगको सम्बन्धलाई थप प्रगाढ बनाउन मद्दत पुग्ने अपेक्षा समेत कम्पनीको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.