मंगलवार, चैत्र २४,२०८२ 09:57:47
Bizshala
  • मंगलवार, चैत्र २४,२०८२ 09:57:47
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, सेवा प्रवेशको २० वर्षमै उच्च पद

Bizshala
किरण पण्डितद्वारा डेपुटी गभर्नर पदको शपथ, सेवा प्रवेशको २० वर्षमै उच्च पद
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकका नव नियुक्त डेपुटी गभर्नर किरण पण्डितले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। 

राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलसमक्ष उनले शपथ लिएका हुन्।

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

शपथ ग्रहणसँगै पण्डितले औपचारिक रूपमा आफ्नो पदभार समेत सम्हालेका छन्। नेपाल सरकार (मन्त्रिपरिषद्) को २०८२ चैत २४ गतेको निर्णयअनुसार उनलाई डेपुटी गभर्नरमा नियुक्त गरिएको हो।

शपथ समारोहमा गभर्नर पौडेलले पण्डितलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए।

पण्डितले २०६२ माघ २ गते सहायक निर्देशकका रूपमा नेपाल राष्ट्र बैंकमा सेवा प्रवेश गरेका थिए। त्यसपछि उनी २०६८ सालमा उपनिर्देशक, २०७४ सालमा निर्देशक हुँदै २०८१ फागुन १ गते कार्यकारी निर्देशकमा पदोन्नति भएका थिए।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

कार्यकारी निर्देशकका रूपमा रहँदा उनले भुक्तानी प्रणाली विभाग र विदेशी विनिमय व्यवस्थापन विभागको नेतृत्व गरेका थिए। साथै, उनले राष्ट्र बैंकको प्रवक्ताको जिम्मेवारी समेत सम्हालेका थिए।

राष्ट्र बैंकमा लामो अनुभव बोकेका पण्डितको नियुक्तिले नीतिगत तथा प्राविधिक नेतृत्व थप सुदृढ हुने अपेक्षा गरिएको छ।

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.