Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 05:27:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

इपीएस, डिपिएस, आरओईदेखि आरओएसम्म नेगेटिभ, सेयरमूल्य भने १५०० माथि !

Laxmi Sunrise Bank Limited
इपीएस, डिपिएस, आरओईदेखि आरओएसम्म नेगेटिभ, सेयरमूल्य भने १५०० माथि !
Shivam Cement

काठमाण्डौ । दोश्रो बजारमा कम परिमाणमा सेयरको सप्लाई भएका साना कम्पनीहरुको वित्तीय विवरण एकातिर हुने, तिनको दोश्रोबजार मूल्य भने रकेटको गतिमा बढाइने नेपालको पुरानै रोग हो । थोरै कित्ता बजारमा सूचिकृत भएका कम्पनीको सेयरमूल्य चलखेल गरी बढाउन र आफूअनुकल चलाउन सजिलो हुने भएकोले खेलाडीको नजरमा यस्ता कम्पनी पर्छन् । खेलाडीको खेलले दोश्रो बजारमा चम्किने यस्ता कम्पनीहरुको वित्तीय विवरण चाहिँ प्राय अत्यासलाग्दो हुने गर्छ । पछिल्लो उदाहरणको रुपमा सालपा विकास बैंकलाई लिन सकिन्छ । 

Bizshala
New Office
CG Motors

आईपीओ निश्कासनपछि दोश्रो बजारमा सूचिकृत यो कम्पनीको वित्तीय विवरण निकै कमजोर भए पनि सेयरमूल्य भने राम्रा कम्पनीहरुलाई समेत माथ दिने स्तरमा छ । दोश्रो बजारमूल्य अहिले पनि प्रतिकित्ता १५०० रुपैयाँ हाराहारीमा चलिरहेको छ । तर यही कम्पनीको चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको वित्तीय विवरण हेर्ने हो भने जोकसैलाई अत्यास लाग्नसक्छ ।  

चालु आर्थिक वर्षको तेश्रो त्रैमाससम्मको अपरिस्कृत वित्तीय विवरण यो विकास बैंकले प्रकाशित गरेको छ, जसअनुसार प्रतिसेयर आम्दानी(इपीएस), प्रतिसेयर वार्षिकीकृत वितरणयोग्य नाफा, सञ्चालन मुनाफा, खूद नाफा लगायतका महत्वपूर्ण सूचक ऋणात्मक छन् ।  

समीक्षा अवधिसम्म यो बैंक करिब ३२ लाख खूद घाटामा छ । अघिल्लो वर्ष यही अवधिमा करिब ३६ लाख खूद घाटा थियो । यसरी हेर्दा घाटा थोरै घटाउने खोजेको देखिए पनि चमात्कारिक प्रगति भने देखिएको छैन ।  

कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ६५ लाखभन्दा बढीले ऋणात्मक बन्न पुगेको छ, जुन अघिल्लो वर्षको यही अवधिमा २ करोड ४६ लाखले ऋणात्मक थियो ।  

अघिल्लो वर्षको यही अवधिसम्म १ रुपैयाँ २ पैसाले ऋणात्मक रहेको प्रतिसेयर आम्दानी  समीक्षा अवधिमा ६१ पैसाले ऋणात्मक देखिएको छ । 

Garima Development Bank
Shivam Cement
Bizshala

बैंकले अघिल्लो वर्षको तुलनामा खराब कर्जाको अनुपातलाई भने निकै राम्रो ढंगले घटाएको देखिन्छ । यहीकारण अघिल्लो वर्षको यही अवधिसम्म ७ प्रतिशत हाराहारीमा रहेको खराब कर्जा अनुपात अब ३.३५ प्रतिशतमा सीमित बन्न पुगेको छ । अहिलेको अवस्थामा रिकभरिमा ध्यान दिएर खराब कर्जा ह्वात्तै घटाउनु चाहिँ सुन्दर पक्ष हो । यहीकारण अघिल्लो वर्ष १ करोड ६६ लाख रुपैयाँ सम्भावित जोखिम व्यवस्थापनका लागि प्रोभिजन गरेको बैंकले यो वर्ष भने त्यो शीर्षकमा करिब ९८ लाख रुपैयाँ मात्र छुट्याउनु परेको छ ।  

समीक्षा अवधिसम्म सालपा विकास बैंकले १ अर्ब ४९ करोड ४३ लाख बढी निक्षेप संकलन गरी १ अर्ब १९ करोड ७५ लाख बढी कर्जा प्रवाह गरेको देखिन्छ । अघिल्लो वर्षको यही अवधिसम्म चाहिँ  १ अर्ब ३८ करोड १६ लाख बढी निक्षेप संकलन गरी १ अर्ब ९ करोड ६२ लाख बढी कर्जा प्रवाह गरेको थियो ।  

यो अवधिमा बैंकको रिटर्न अन इक्वीटी(वार्षिकीकृत) ०.५९ प्रतिशत र रिटर्न अन एसेट(वार्षिकीकृत) ०.१५ प्रतिशतले नेगेटिभ छ ।  

प्रतिशेयर नेटवर्थ १०३.७५ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्ति ३९५.३४ रुपैयाँ, तरलता अनुपात ४७.८४ प्रतिशत र पूँजीकोष अनुपात ३९.८० प्रतिशत रहेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

9 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.