Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:30
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

राष्ट्र बैंकमै विद्रोह: वार्षिकोत्सव बहिष्कार, गभर्नरविरुद्ध कालो ब्यानर

Laxmi Sunrise Bank Limited
राष्ट्र बैंकमै विद्रोह: वार्षिकोत्सव बहिष्कार, गभर्नरविरुद्ध कालो ब्यानर
Shivam Cement

काठमाण्डौ । नेपाल राष्ट्र बैंकको ७१औँ वार्षिकोत्सव यसपटक कर्मचारी विरोधका कारण तनावपूर्ण बनेको छ । 

कर्मचारीहरूले कार्यक्रम बहिष्कार गर्दै गभर्नर विश्वनाथ पौडेल विरुद्ध कालो ब्यानर प्रदर्शन गरेका छन् ।

Bizshala
New Office
CG Motors

केन्द्रीय कार्यालय गेटमै उभिएर उनीहरूले ‘बढुवा होस्, जालझेल नहोस्’ लगायतका नारासहित प्रदर्शन गरेका थिए । कार्यसम्पादन मूल्यांकनमा आधारित बढुवा प्रक्रिया लामो समयदेखि रोकिएको भन्दै असन्तुष्टि चुलिएको हो ।

कर्मचारी संघकी निवर्तमान अध्यक्ष गीता पोखरेल लम्साल ले व्यवस्थापनले पटक-पटक ध्यानाकर्षण गराउँदा पनि माग सम्बोधन नगरेको बताइन् । ‘बाध्य भएर वार्षिकोत्सव बहिष्कार गर्नुपरेको हो,’ उनले भनिन् ।

Garima Development Bank
Shivam Cement
Bizshala

कर्मचारीहरूले गभर्नर कार्यालयीय कामभन्दा विदेश भ्रमणमा केन्द्रित भएको, भेट्न गाह्रो हुने र निर्णयमा ढिलाइ गर्ने आरोप लगाएका छन् । बढुवा प्रक्रिया निर्वाचन र डेपुटी गभर्नर रिक्तताजस्ता कारणले ढिलाइ भएको भनिए पनि कर्मचारीले त्यसलाई व्यवस्थापनको कमजोरी मानेका छन् ।

यसैबीच, यसपटकको वार्षिकोत्सवमा निजी सञ्चारमाध्यमलाई समेत रोक लगाइएको निर्णयले थप विवाद निम्त्याएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.