Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 03:03:43
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन १८% ले बढ्यो

Laxmi Sunrise Bank Limited
प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, बीमाशुल्क आर्जन १८% ले बढ्यो
Shivam Cement

काठमाण्डौ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफा सामान्य बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म २७ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १.६० प्रतिशतले बढी हो ।

कम्पनीले गत आवको तेस्रो त्रैमाससम्म २७ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

Bizshala
New Office
CG Motors

कम्पनीले समीक्षा अवधिसम्म ४ अर्ब १५ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । यो अघिल्लो आवको तुलनामा १८.८९ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीको खुद बीमाशुल्क आर्जन ३ अर्ब ४९ करोड रुपैयाँ थियो । कम्पनीको कुल आम्दानी पनि ४ अर्ब ५४ करोडबाट बढेर ५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ ।  

त्यस्तै कम्पनीको कुल खर्च पनि ४ अर्ब २६ करोडबाट बढेर ४ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीले ३ अर्ब ९० करोड रुपैयाँबराबरको खुद दाबी भुक्तानी गरेको छ ।  

Garima Development Bank
Shivam Cement
Bizshala

कम्पनीको महाविपत्ती कोषको आकार १३ करोड ८४ लाख रहेको छ । कम्पनीको रिटेन्ड अर्निङ ३३ करोड २१ लाख र सेयर प्रिमियम १ करोड ९३ लाख रुपैयाँ रहेको छ ।  

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ६.९१ रुपैयाँ,प्रतिसेयर नेटवर्थ ११५.६० रुपैयाँ र पीई अनुपात ६९.७६ गुणा कायम भएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

7 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.