Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 01:54:24
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाबप्रति वित्तीय संस्था कर्मचारी संघको गम्भीर चिन्ता

Laxmi Sunrise Bank Limited
बैंकिङ क्षेत्रमा बढ्दो कार्यदबाबप्रति वित्तीय संस्था कर्मचारी संघको गम्भीर चिन्ता
Shivam Cement

काठमाण्डौ । नेपाल वित्तीय संस्था कर्मचारी संघले ग्लोबल आइएमई बैंक, विराटनगरमा कार्यरत कर्मचारी पिताम्बर खड्काको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै बैंक तथा वित्तीय क्षेत्रमा बढ्दो कार्यदबाब, मानसिक तनाव र अस्वस्थ कार्यसंस्कृतिप्रति गम्भीर ध्यानाकर्षण गराएको छ ।

संघद्वारा जारी विज्ञप्तिमा दिवङ्गत खड्काप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरिएको छ । साथै, उक्त घटनाले सम्पूर्ण बैंक तथा वित्तीय क्षेत्रका कर्मचारीहरूलाई स्तब्ध बनाएको उल्लेख गरिएको छ ।

संघले बैंक तथा वित्तीय क्षेत्रलाई राज्यले अत्यावश्यक सेवाअन्तर्गत राखेको भए पनि कर्मचारीमाथि बढ्दो कार्यदबाब, अस्वाभाविक लक्ष्यको चाप, सीमित जनशक्तिबाट अत्यधिक काम गराउने प्रवृत्ति तथा मानसिक स्वास्थ्यप्रति पर्याप्त संवेदनशीलता नदेखाइएकाले अवस्था चिन्ताजनक बन्दै गएको जनाएको छ ।

Bizshala
New Office
CG Motors

विज्ञप्तिमा निरन्तर तनावपूर्ण वातावरणमा काम गर्नुपर्ने बाध्यताले कर्मचारीहरूको मानसिक स्वास्थ्य, पारिवारिक जीवन र पेशागत आत्मविश्वासमा नकारात्मक असर परेको उल्लेख गर्दै यस्तो अवस्थालाई अब सामान्य रूपमा लिन नसकिने स्पष्ट पारिएको छ ।

संघले कुनै पनि संस्थाको नाफा वा व्यावसायिक उपलब्धिभन्दा कर्मचारीको जीवन, सम्मान र मानसिक सुरक्षा महत्वपूर्ण हुने धारणा राख्दै सुरक्षित र मर्यादित कार्यवातावरण प्रत्येक श्रमिकको आधारभूत अधिकार भएको जनाएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

यस घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष, स्वतन्त्र र पारदर्शी छानबिन गर्न सम्बन्धित निकायसँग संघले माग गरेको छ । घटनासँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा मानसिक दबाब, दुर्व्यवहार, दुरुत्साहन वा गैरजिम्मेवार कार्यशैली जोडिएको पाइए कानूनअनुसार कारबाही हुनुपर्ने संघको माग छ ।

त्यस्तै, बैंक तथा वित्तीय क्षेत्रमा स्वस्थ कार्यसंस्कृति निर्माण, उचित कार्यसमयको सुनिश्चितता, अतिरिक्त कार्यको व्यवस्थित व्यवस्थापन, पर्याप्त जनशक्ति कायम तथा कर्मचारीहरूको मानसिक स्वास्थ्य संरक्षणका लागि प्रभावकारी नीति अवलम्बन गर्न संघले सम्बन्धित पक्षसँग आग्रह गरेको छ ।

संघका महासचिव विकास श्रेष्ठ र कार्यवाहक अध्यक्ष परशुराम खनालद्वारा जारी विज्ञप्तिमा मानवीय संवेदना, श्रम सम्मान र सुरक्षित कार्यवातावरण सुनिश्चित नभएसम्म वित्तीय क्षेत्र दिगो र विश्वासयोग्य बन्न नसक्ने उल्लेख गरिएको छ ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

6 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.