Bizshala
  • शनिबार, जेष्ठ १६,२०८३ 06:38:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

आकाशबाट आगो झरेजस्तै, भारतका शहरहरू तन्दुरझैँ तातिए !

१४ वर्षपछि दिल्लीमा यस्तो गर्मी, ४५.८ डिग्री पुग्यो तापक्रम

Laxmi Sunrise Bank Limited
आकाशबाट आगो झरेजस्तै, भारतका शहरहरू तन्दुरझैँ तातिए !
Shivam Cement

नयाँदिल्ली । भारतका विभिन्न राज्यहरू यतिबेला भीषण गर्मीको चपेटामा परेका छन् । उत्तर, मध्य तथा पश्चिम भारतका धेरै क्षेत्रमा तापक्रमले नयाँ रेकर्ड कायम गरिरहेको छ भने जनजीवन अत्यन्त कष्टकर बनेको छ । भारतीय मौसम विभाग (IMD) ले राजधानी दिल्लीसहित धेरै क्षेत्रमा ‘हीट वेभ’ को उच्च जोखिम औँल्याउँदै ‘अरेन्ज अलर्ट’ जारी गरेको छ ।

Bizshala
New Office
CG Motors

बुधबार मध्य प्रदेशको खजुराहो र उत्तर प्रदेशको बांदामा ४८.० डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यो हालसम्मकै उच्च तापक्रममध्ये एक हो । यस्तै महाराष्ट्रको वर्धामा ४७.१ डिग्री, हरियाणाको रोहतकमा ४६.९ डिग्री तथा नागपुरमा ४६.६ डिग्री सेल्सियस तापक्रम रेकर्ड गरिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

राजधानी दिल्लीमा समेत गर्मीले विगत १४ वर्षको रेकर्ड तोडेको छ । दिल्लीको रिज क्षेत्रमा बुधबार ४५.८ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो, जुन सन् २०१२ यताकै सबैभन्दा उच्च तापक्रम भएको मौसम विभागले जनाएको छ । मौसमविद्हरूका अनुसार आगामी एक सातासम्म दिल्लीको तापक्रम ४५ डिग्री सेल्सियसभन्दा माथि रहने सम्भावना छ । रातिको तापक्रम समेत अस्वाभाविक रूपमा उच्च रहेकाले सर्वसाधारणलाई राहत मिल्न सकेको छैन ।

भारतीय मौसम विभागका अनुसार पूर्वी मध्य प्रदेश तथा महाराष्ट्रको विदर्भ क्षेत्र सबैभन्दा बढी प्रभावित बनेका छन् । उत्तर–पश्चिमी, मध्य तथा पूर्वी भारतका धेरै क्षेत्रमा आगामी केही दिनसम्म भीषण गर्मी र ‘हीट वेभ’ को अवस्था कायम रहने चेतावनी दिइएको छ ।

Garima Development Bank
Shivam Cement
Bizshala

लखनऊस्थित मौसम वैज्ञानिक मोहम्मद दानिशका अनुसार आकाशमा बादल नहुनु, सुख्खा हावा चल्नु तथा पश्चिमी विक्षोभ कमजोर हुनु तापक्रम वृद्धि हुनुका प्रमुख कारण हुन् । विशेषगरी बुन्देलखण्ड क्षेत्र अत्यधिक प्रभावित बनेको उनले बताएका छन् ।

भीषण गर्मीका कारण स्वास्थ्य जोखिम समेत बढ्दै गएको छ । चिकित्सकहरूले शरीरमा पानीको कमी (डिहाइड्रेशन), इलेक्ट्रोलाइट असन्तुलन तथा हीट स्ट्रोकको जोखिम बढेको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा दीर्घरोगीहरूलाई दिउँसोको समयमा घरबाहिर ननिस्कन सुझाव दिइएको छ ।

स्वास्थ्य विज्ञहरूले प्रशस्त पानी पिउन, हल्का कपडा लगाउन, घाममा लामो समय नरहन तथा हीट स्ट्रोकका लक्षण देखिए तत्काल चिकित्सकीय सहायता लिन आग्रह गरेका छन् ।

भारतका धेरै क्षेत्रमा जारी यो असामान्य गर्मीले जनजीवनसँगै कृषि, विद्युत् आपूर्ति तथा श्रम क्षेत्रमा समेत प्रत्यक्ष असर पार्न थालेको छ । तापक्रम निरन्तर उकालो लागेसँगै भारत सरकार र स्थानीय प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक घरभित्रै बस्न तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरेका छन् ।

-BBC Hindi

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited

यो पनि हेर्नुहोस

Shikhar Insurance
BUDGET

बुल रनको संकेत ?

10 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.