पाकिस्तानसँगको तनावका बीच भारतले फ्रान्सबाट २६ वटा लडाकु विमान खरिद गर्ने
काठमाण्डौ । पाकिस्तानसँगको तनावका बीच भारतले फ्रान्ससँग ७.४१ अर्ब डलर मूल्यबराबरको २६ वटा राफेल फाइटर विमान खरिद गर्ने सम्झौता गरेको छ । भारत सरकारले आफ्नो नौसेनाका लागि राफेल विमान खरिद गर्न सोमबार सम्झौता गरेको हो । यो खरिदका लागि अप्रिल महिनाको सुरुवातमा प्रधानमन्त्री नरेन्द्र मोदी अध्यक्ष भएको भारतको सुरक्षा परिषद्ले अनुमति दिएको थियो ।