काठमाण्डौ । सरकारले ३६० वस्तुमा लागिआएको अन्तःशुल्क खारेज गरेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आव २०८३÷८४ को बजेट घोषणा गर्दै यस्तो बताएका हुन् ।
साथै आगामी आवको बजेटमार्फत आयकरको सीमा दोब्बर वृद्धि गरी १० लाख पुर्याइएको छ भने व्यक्तिगत आयकर १० प्रतिशत घटाइएको छ ।
त्यस्तै, कच्चा पदार्थमा भन्सार दर घटाइएको छ भने भन्सार शुल्कमा लागिएको कर एकीकृत गरी हरित करमा समाहित गरिएको अर्थमन्त्री वाग्लेले बताए ।

