काठमाण्डौ । राष्ट्रिय जीवन बीमा कम्पनीको आइपीओ निष्कासन हुने प्रक्रिया अघि बढ्ने भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट भाषण गर्दै राष्ट्रिय जीवन बीमा कम्पनीको सेयर सर्वसाधारणलाई निष्कासन गर्ने बताएका हुन् ।
सार्वजनिक संस्थानलाई बलियो बनाउन पूँजी वृद्धि गर्ने योजनास्वरुप राष्ट्रिय जीवन बीमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने निर्णय गरिएको हो ।

