सोमबार, भाद्र २,२०८२ 02:24:30
IME remit
  • सोमबार, भाद्र २,२०८२ 02:24:30
IME remit
Global IME Bank Limited

एनसीएचएलको विशेष साधारण सभा सम्पन्न, नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित

Hyundai Nepal
एनसीएचएलको विशेष साधारण सभा सम्पन्न, नेप्सलाई प्राप्ति गर्ने प्रस्ताव पारित
Shivam Cement

काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउस लिमिटेड(एनसीएचएल)ले विशेष साधारण सभा सम्पन्न गरेको छ । वैशाख १३ गते सम्पन्न उक्त विशेष साधारण सभामा एनसीएचएलका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरु, सेयरधनी प्रतिनिधिहरु र व्यवस्थापनतर्फका कर्मचारीहरु समेतको उपस्थिती रहेको थियो । एनसीएचएलले नेपाल ईलेक्ट्रोनिक पेमेन्ट सिष्टम्स् लिमिटेड (नेप्स) लाई प्राप्ति गर्ने प्रमुख अजेण्डा सहित उक्त विशेष साधारण सभामा सम्पन्न गरिएको हो ।

नेप्सको १०० सेयरबराबर एनसीएचएलको २८ सेयर हुने गरी १ः०.२८ स्वाप अनुपातमा एनसीएचएलले नेप्सलाई प्राप्त गर्न विशेष साधारण सभामा पारित गरिएको छ । नेपाल राष्ट्र बैंकको विद्ययमान भुक्तानी तथा फछ्र्यौट विनियमबमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पूरा गरी नेपाल राष्ट्र बैंक समक्ष नेपाल क्लियरिङ्ग हाउस लिमिटेड र नेपाल ईलेक्ट्रोनिक पेमेन्ट संयुक्त रुपमा अन्तिम स्वीकृती प्राप्त गरी कम्पनी रजिष्ट्रार कार्यालय र प्रचलित कानूनबमोजिम अपनाउनु पर्ने सम्पूर्ण प्रक्रियाहरु पुरा गरी एकिकृत कार्य प्रारम्भ गर्नेछन् । 

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राप्ति कार्य गरे पश्चात् परिवर्तन हुने सेयर तथा चुक्तापूँजी वृिद्घ गर्न, सेयर समूह स्वामित्व परिवर्तन गर्न एनसीएचएलको प्रबन्धपत्र तथा नियमावालीका आवश्यक दफा/नियमहरु संशोधन गर्ने लगायतका विषयहरुमा पनि विशेष साधारण सभाले स्वीकृतितथा अख्तियारी प्रदान गरेको छ ।  

प्राप्तिका लागि पुस ६ गते प्रारम्भिक सम्झौता र विस्तृत मूल्याङ्ककन पश्चात चैत २२ गते प्राप्ति सम्बन्धी सम्झौता भएको थियो । हाल एनसीएचएल र नेप्सको चुक्ता पूँजी क्रमश रु.१ अर्ब ६६ लाख र रु.२१ करोड १२ लाख रहेकोमा प्राप्तिपश्चात एकिकृत संस्थाको चुक्ता पूँजी रु.१ अर्ब ६ करोड ५८ लाख हुनेछ । एनसीएचएलको गत आर्थिक वर्ष २०७९/८० को खुद मुनाफा रु.३७ करोड ६८ लाख रहेको थियो भने नेप्सको रु.६ करोड ४६ लाख रहेको थियो ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.