बुधबार, असार १८,२०८२ 04:28:05
  • बुधबार, असार १८,२०८२ 04:28:05
Global IME Bank Limited

बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब घट्यो, सिडी रेसियो घट्दा अन्तरबैंक ब्याजदर भने स्थिर

Hyundai Nepal
बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब घट्यो, सिडी रेसियो घट्दा अन्तरबैंक ब्याजदर भने स्थिर
Nabil Bank Limited

काठमाण्डौ । बैंकिङ प्रणालीको निक्षेप एकै दिन २ अर्ब रुपैयाँले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैशाख १५ गते बैंकिङ प्रणालीबाट २ अर्ब रुपैयाँ बाहिरिएको हो । केन्द्रीय बैंकको तथ्यांक अनुसार वैशाख १५ गतेसम्म बैंकिङ प्रणालीमा ६१ खर्ब ३५ अर्ब रुपैयाँबराबरको निक्षेप संकलन रहेको छ । वैशाख १४ गतेसम्म भने बैंकिङ प्रणालीमा ६१ खर्ब ३७ अर्ब रुपैयाँ निक्षेप रहेको थियो ।    

वाणिज्य बैंकहरुको निक्षेप पनि २ अर्ब रुपैयाँले घटेको छ । कुल निक्षेपमा वाणिज्य बैंकहरुको निक्षेप ५४ खर्ब २२ अर्ब रुपैयाँ रहेको छ । वैशाख १४ गतेका दिन वाणिज्य बैंकहरुको कुल निक्षेप ५४ खर्ब २४ अर्ब रहेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

यस्तै अन्य वित्तीय संस्थाको निक्षेप भने स्थिर रहेको छ । अन्य वित्तीय संस्थाको निक्षेप ७ खर्ब १३ अर्ब रुपैयाँ रहेको छ ।  

बैंकिङ क्षेत्रको कुल कर्जा प्रवाह पनि स्थिर नै छ । वैशाख १४ गतेसम्म ५१ खर्ब ३ अर्ब रहेको कर्जा प्रवाह वैशाख १५ गतेसम्म पनि त्यति नै रहेको छ । सीडी रेसियो  ८०.८१ प्रतिशतबाट घटेर ८०.७७ प्रतिशत कायम भएको छ । अन्तरबैंक ब्याजदर भने स्थिर अर्थात २.८० प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.