बिहीबार, असार १९,२०८२ 06:51:28
  • बिहीबार, असार १९,२०८२ 06:51:28
Global IME Bank Limited

धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान, ९ महिनामा पौने ३२ खर्बको धितोपत्र थप

Hyundai Nepal
धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान, ९ महिनामा पौने ३२ खर्बको धितोपत्र थप
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्चसेञ्ज (नेप्से)मा धितोपत्र थप्न वा धितोपत्र बजार पूँजीकरणमा बीमा समूहको उल्लेख्य योगदान देखिएको छ । चालु आवको तेस्रो त्रैमाससम्म बीमा कम्पनीहरुले मात्रै नेप्सेमा ३१ अर्ब ७६ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन् ।

चालु आवको ९ महिनासम्म नेप्सेमा कुल १ खर्ब २२ अर्ब २१ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत वा थपिएको छ । गत वर्षको तुलनामा बीमा समूहबाट मात्रै नेप्सेमा १४६.९३ प्रतिशत बढीले धितोपत्र थपिएको छ ।  

गत आवको चैत मसान्तसम्म १२ अर्ब ८६ करोड रुपैयाँ बराबरको धितोपत्र थपेका बीमा कम्पनीहरुले चालु आवको यस ३१ अर्ब ७६ करोड रुपैयाँ बराबरको धितोपत्र थपेका हुन् । यसर्थ पनि धितोपत्र बजार पूँजीकरणमा बीमा कम्पनीहरुको योगदान उल्लेख्य छ ।  

चैत मसान्तसम्म बीमा समूहको धितोपत्र बजार पूँजीकरण ५ खर्ब ४ अर्ब ४८ करोड रुपैयाँ कायम छ । गत वर्षको सो अवधिसम्म बीमा समूहको धितोपत्र बजार पूँजीकरण ३ खर्ब ७५ अर्ब ४० करोड रुपैयाँ थियो ।  

चालु आर्थिक वर्षमा प्रिमियम मूल्यमा आईपीओ ल्याएका चार जीवन बीमा कम्पनी सिटिजन लाइफ, आइएमई लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफको सेयर सूचीकृत भएकाले पनि बीमा समूहको धितोपत्र पूँजीकरण बृद्धि अर्थात् नेप्सेमा सर्वाधिक धितोपत्र थपिन पुगेको हो ।

त्यस्तै विकास बैंक समूहले पनि ७४.९१ प्रतिशतले धितोपत्र थप्न सफल भएको छ । चालु आवको चैत मसान्तसम्म विकास बैंकहरुले ३ अर्ब ९६ करोड रुपैयाँको धितोपत्र सूचीकृत गराएका छन् । गत आवको यस अवधिसम्म विकास बैंकहरुको २ अर्ब २६ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

साथै, हाइड्रोपावर समूहबाट पनि ६.०८ प्रतिशत धितोपत्र थपिएको छ । चालु आवको चैत मसान्तसम्म हाइड्रोपावर कम्पनीहरुको २८ अर्ब ९३ करोड रुपैयाँ बराबरको आईपीओ, हकप्रद र बोनस सेयर सूचीकृत भएको छ । गत आवको यस अवधिसम्म हाइड्रो कम्पनीहरुको २७ अर्ब २७ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत भएको थियो ।  

त्यस्तै माइक्रोफाइनान्स समूहबाट पनि २.२९ प्रतिशतले धितोपत्र थपिएको छ । गत आवको नौ महिनासम्म १ अर्ब ४२ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको माइक्रोफाइनान्स कम्पनीहरुको यस अवधिसम्म १ अर्ब ४७ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

गत आवको तुलनामा चालु आवमा वाणिज्य बैंकहरुको धितोपत्र सूचीकरण ८०.५७ प्रतिशतले खस्किएको छ । अर्थात् वाणिज्य बैंकहरुको साधारण सेयर, एफपीओ र हकप्रद सेयर जारी भएको अवस्था छैन । बैंकहरुले धितोपत्र बजार पुँजीकरण बढाउन वा नेप्सेमा धितोपत्र थप्ने माध्यम भनेकै बोनस सेयर जारी गरेर मात्रै हो ।  

अधिकांश वाणिज्य बैंकहरुले गत आवको तुलनामा चालु आवमा लाभांश दर घटाउँदा यसको प्रत्यक्ष असर बजार पूँजीकरणमा देखिएको हो । गत वर्षको तुलनामा कमर्सियल बैंकहरुले बोनस सेयर भन्दा नगद लाभांशमा जोड दिइएको पाइएको छ । त्यसमाथि केही बैंकहरुले सेयरधनीहरुको हात रित्तो समेत बनाएका थिए । बोनस सेयर भन्दा नगदमा बढी जोड दिंदा वर्षेनी वाणिज्य बैंकहरुको धितोपत्र बजार पूँजीकरणमा हिस्सा बढ्न नसकेको अवस्था छ ।  

चालु आवको चैत मसान्तसम्म कमर्सियल बैंकहरुले ३६ अर्ब १६ करोड रुपैयाँको धितोपत्र अर्थात् बोनस सेयर सूचीकृत गराएका छन् । जुन यो गत आवको तुलनामा ८०.५७ प्रतिशतले कम हो । गत आवको यस अवधिसम्म वाणिज्य बैंकहरुले १ खर्ब ८६ अर्ब १४ करोड रुपैयाँ बराबरको धितोपत्र सूचीकृत गराएका थिए ।  

नेप्सेमा बाणिज्य बैंकहरुको धितोपत्र बढ्न नसक्दा बजार पूँजीकरण हिस्सा समेत १५.५९ प्रतिशतले घट्न पुगेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.